एजेन्सी, स्वर्ग र नर्क मरेपछि थाहा हुन्छ भन्ने गरिन्छ । नारी-पुरुष बराबर हुन । स्वतन्त्रता र हक-अधिकारको कुरा अहिले जताततै चलीरहेको अवस्थामा पनि यो धर्तीमा यस्तो पनि ठाउँ रहेको छ जुन नर्कभन्दा पनि डरलाग्दो छ ।
जहाँ नारिहरुलाई जबर्जस्ती देह-व्यापारमा धकेलिने गरिन्छ भने कतिपयलाई जन्मने बितिकै सेक्स वर्कर बनाउने तयारी शुरु गरिन्छ । यो केहि तस्वीरहरु हुन् जसलाई देखेपछि तपाई आफुलाई असहज महसुस् गर्नु हुनेछ। शायद नराम्रो पनि लाग्न सक्ला तर यो तस्वीरले धर्तीको नर्कको सत्य बयान गर्दछ ।
जानकारीको लागि यो सबै तस्वीर डेली मेलबाट लिईएको हो । यस नर्कलाई एशियाको सबैभन्दा ठुलो स्लम रेडलाइट एरियाको रुपमा चिनिने गरिन्छ ।
यो पश्चिम बङ्गालको राजधानी कोलकाताको सोनागाछी इलाका हो । यो नाम ‘देह व्यापार’ को लागि चिनिने गरिन्छ । शायद तपाइले पनि यस ठाउँको नाम सुन्नु भएको होला । यी तस्वीरलाई लन्डनको एक फोटोग्राफर सविद दत्ताले खिचेका हुन ।