एजेन्सी, संसारकै सबैभन्दा उत्कृष्ट बनाउने हुने अहिलेको शताब्दीमा होड-बाजी चलेको छ । सबै कुराको उत्कृष्ट भने झैँ बाइकहरु मध्ये पनि केहि सुपरबाईकहरु रहेका छन् जुन संसारकै उत्कृष्टको लिस्टमा परेका छन् । जसमध्ये टप ४ मा परेका सुपरबाइकहरु यस्ता रहेका छन् ।
१. ईकोज ईएस: यो सुपरबाइक संसारकै सबैभन्दा महँगो सुपरबाइक रहेको छ । जसको मूल्य ३६,०००,०० डलर अर्थात् नेपाली करिव ३६ करोड ६७ लाख १७ हजार रुपयाँ रहेको छ । साथै यो बाइक संसारकै उत्कृष्ट र सर्वमुल्य १ को सूचीमा रहेको छ । यसको स्पीड ३७० किलोमिटर प्रति घण्टा रहेको छ । यसमा २०० हर्स पावरको फोर स्ट्रोक इन्जिन रहेको छ । यसलाई कार्बन फाइबरको साथ् डिजाइन गरिएको छ ।
२. हार्ले डेविडसन: यसको मूल्य १०,००,००० डलर अर्थात् १० करोड १८ लाख ६६ हजार रुपयाँ रहेको छ । र संसारकै दोस्रो महँगो सुपरबाइकको सूचीमा परेको छ ।
३. डोज टोमाहॉक वी १०: यसको मूल्य ५,५५,००० डलर अर्थात् ५ करोड ६५ लाख ३५ हजार ५ सय रुपयाँको साथ संसारको तेस्रो महँगो सुपरबाइकको सूचीमा परेको छ ।
४. गोल्ड प्लेटेड कस्टम चौपर: यसमा ५०० हर्स पावर भएको इन्जिन जडान गरिएको छ। यो बाइकमा ६ सय ४३ किमी प्रति घण्टाको स्पीडमा कुद्न सक्ने क्षमता रहेको छ। यो बाइकको मुल्य ५००,००० डलर यानी करीब ३ करोड २८ लाख ५५ हजार रुपैया रहेको छ।