एजेन्सी, सामन्यतया: हामी आफ्नो जीवनमा दिनहुँ कुनै न कुनै सानो-तिनो गल्तीहरु गरिरहेका हुन्छौ । जसलाई हामी खासै ध्यान दिदैनौ । यी सामान्य गल्तीले पनि हाम्रो भविष्यमा धेरै थरिको समस्याहरु निम्त्याउने गर्दछ । प्राय: हामी अरुको सामान प्रयोग गर्ने गर्दछौँ । जुन हामीलाई सामान्य लाग्न सक्छ तर वास्तुशास्त्रमा यस्तो उपयोगलाई राम्रो मानिएको छैन । अरुको कुनै सामान यस्तो हुन्छ कि जसको प्रयोग गर्नाले हामीमाथि आर्थिक संकट आउँन सक्छ र हाम्रो दुर्भाग्य पनि बन्न सक्छ ।
धेरैजसो मानिसहरुको घडी लाउने इच्छा हुन्छ र आफ्नो यस इच्छालाई पुरा गर्नको लागि कतिपय मानिसहरुले अरुको घडी लगाउने गर्दछन् । यस्तो गर्नु वास्तुशास्त्रमा अशुभ मानिन्छ । वास्तुशास्त्र अनुसार यदि त्यस घडी मालिकको नराम्रो समय चलिरहेको रैछ भने त्यसको असर तपाईमा पनि पर्ने गर्दछ । अरुको कपडा मागेर लाउनु पनि वास्तुशास्त्रअनुसार खराब मानिएको छ । अरुको कपडा लगाउनु तपाईको लागि दुख र समस्याको कारण बन्न सक्छ । त्यसैले बिर्सिएर पनि अरुको कपडा लगाउनु हुदैन ।
कुनै अन्य व्यक्तिको खाटको प्रयोग पनि अशुभ मानिएको छ । यस्तो गर्नाले तपाई माथि नकारात्मक ऊर्जा हावी हुने गर्दछ । जसको कारणले तपाइलाई आर्थिक नोक्सान हुनसक्छ । स्वास्थ्यको नजरले हेर्ने हो भने अरुको रुमाल प्रयोग गर्नु पनि राम्रो मानिएको छैन । साथै वास्तुशास्त्रमा अरुले प्रयोग गरीसकेको रुमालको प्रयोग गर्दा सधै धन हानि हुने सम्भावना हुने गर्दछ ।