१२ वर्षपछि भोलि पुष अमावस्यामा बन्दैछ दुर्लभ संयोग, यस्ता व्यक्तिलाई हुनेछ फाइदा!

पुष महिनामा अमावस्याको निकै नै बिशेष महत्व हुने गर्दछ । यस महिनामा सूर्य धनु राशिमा हुने गर्दछ जसको कारण यस महिनालाई राम्रो मानिने गरिन्छ । पुष अमावस्याको दिन स्नान र दान आदि गर्नु विशेष महत्व मानिएको छ । यस पटक १८ डिसेम्बर, सोमबारको दिन सोमवती अमावस्या हुदैछ । यो भन्दा अगाडी २००५ मा सोमवती अमावस्या परेको थियो । १८ डिसेम्बर २०१७ मा सोमवारको दिन पुष अमावस्याको तिथि १२ वर्ष पछि पर्दैछ । २०१७ मा पुष सोमवती अमावस्याको संयोग निकै नै शुभ फलदायी रहेको छ ।

पुष महिनामा आउने सोमवती अमावस्यामा यस पटक सर्वार्थ सिद्धि योग बन्न गईरहेको छ । यस दिन पवित्र नदिमा स्नान गरेर पूजा पाठ गर्नाले विशेष पुण्‍य प्राप्त हुने मान्यता रहेको छ । साथै यस योगको कारण पूजाको महत्व पनि बढ्ने गर्दछ र यसको बिशेष फल पनि प्राप्त हुने विश्वास रहेको छ । जुन व्यक्तिको कुण्डलीमा विष योग, काल सर्प दोष, अमावस्या दोष छ त्यस्ता व्यक्तिले यस दिन आफ्नो दोषको निवारण गर्न सक्छन् । साथै पितृलाई शान्ति दिलाउनको लागि पनि यो योग बिशेष रहेको छ । सोमवती अमावस्यामा सूर्य देवलाइ तामाको भाडामा रातो चन्दन, गंगा जल मिसाएर ओम पितृभ्य नमः को बिज मन्त्र पढेर तिनपटक अर्घ दिनु पर्दछ ।

प्रकाशित : आइतबार, पुष ०२, २०७४१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी हुन् पशुपतिनाथ मन्दिरबारे तपार्इँले थाहा नपाएका ९ रोचक तथ्य