एजेन्सी – यो इन्टरनेट जमाना हो, जहाँ कुनै पनि मान्छे छिन भरमै भाईरल बनेर विश्वभर परिचित बन्छ। अनि कुनै मान्छे छिन् भरमै चर्चा परिचर्चा र सम्मानबाट गिर्न पनि सक्छ। त्यो त घटना, परिस्थिती र संयोगको खेल या भनौँ उपच हो।
अहिले इन्टरनेटमा एक नर्सका तस्वीरहरु खुबै पोष्ट, ट्वीट, रिट्वीट तथा शेयर भइरहेका छन् । ताइवानमा बस्ने यी नर्सको नाम निङ चेन लिन हो । उनी आफ्ना हट सेल्फीका लागि प्रसिद्ध छिन् ।
पच्चीस वर्षीया निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छन् । उनको सुन्दरताका कारण क्लिनिकमा युवकहरूको लामो लाइन लाग्ने गरेको छ ।
निङलाई अहिलेसम्मकै हट नर्स मानिँदै आएको छ ।निङ ताइवानको एक क्लिनिकमा डा मिनका साथ काम गर्छिन् ।उनका तस्वीरहरू छिट्टो भाइरल भएर हेर्दाहेर्दै फलोअर्सको संख्या बढ्यो ।
निङलाई हेर्नैका लागि क्लिनिकमा युवकहरूको भीड लाग्न थाल्यो ।यसअघि ताइवानमै बस्ने नर्स क्यारिना पनि सेल्फीका कारण रातारात हिट भएकी थिइन् ।