डोनाल्ड ट्रम्पको आवास समावेश व्हाइट हाउसमा कक्रोच, मुसा र कमिलाको यस्तो आतंक!

एजेन्सी, दुनियाँकै सबैभन्दा सुरक्षित भवन मध्यको एक व्हाइट हाउसको लज्जास्पद खबर चर्चामा आएको छ । अमेरिकाको रास्ट्रपति भवन व्हाइट हाउस हाल कक्रोच, मुसा र कमिलाहरुबाट ग्रषित भएको छ । सामान्यतय घरहरुमा यस्तो हुनु नर्मल नै मानिन्छ तर दुनियाँकै सबैभन्दा सुरक्षित भवन पनि कक्रोच, मुसाबाट बच्न सकेन भन्दा अचम्म लाग्दछ । अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक आवासको चार अलग-अलग बिल्डिंगमा कक्रोच र  मुसाको आतंक मच्चिएको छ । जब बिल्डिंगको रेख-देखमा राखिएको एक फाइलमा पेस्ट कन्ट्रोललाई दिएको आदेश भेटियो तब व्हाइट हाउसको यो समस्याको बारेमा खुलासा गरिएको छ ।

फाईलबाट मिलेको जानकारी नुसार व्हाइट हाउस बिल्डिंगको एक ठुलो भाग यी कक्रोच, मुसाबाट ग्रषित भएको छ जसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवासको ठुलो भाग र चीफ अफ स्टाफ जोन केलीको अफिसको भाग पनि समावेश भएको छ । केही दिन अघि मात्रै जोन केलीको कार्यालबाट कमिलाको बिषयलाई लिएर पनि कुरा आईसकेको थियो । २०१७ मा व्हाईट हाउस अधिकारीले अमेरिकी जनरल सर्विसेज एडमिनिस्ट्रेशन यानी (जीएसए) लाई बिल्डिंगको मर्मत र पेस्ट कन्ट्रोलको लागि सेकेन्ड एप्लीकेशन दिएका थिए ।

प्रकाशित : आइतबार, मङि्सर १७, २०७४१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईलाई थाहा छ ? संसारमा सबैभन्दा पहिले कसलाई र कसरी एड्स भएको थियो ?