एजेन्सी, कुनै एउटा गाउँ सिर्फ एक जना मानिसको कारण धनि बन्न सक्छ तर केहि समय गरिएको मिहिनेतले मात्र यो सम्भव छ । तर एक्कै रातमा गाउँभरिका मनिसहरु करोडपति भएका छन् । यो कुरा सुन्दा चलचित्रको नाटकमा भन्दा केहि कम छैन तर उनीहरु साच्चिकै करोडपति बनेका छन्।
स्पेनको सिरिजेल्स डेल कोन्डान्डो भन्ने गाउँमा उक्त करोडपतिहरु बस्दै आएका छन्। त्यो गाउँमा ८० घर परिवार बसोबास गर्दै आएका छन्। त्यसै गाउँमा जन्मेका एन्टोनिनो फर्नाडिजले रातारात गाउँलाई धनी बनाएका हुन्। उनी चर्चित कोरोना बीयर कम्पनीका मालिक थिए । अरबौका मालिक रहेका उनि आफ्नो गाउँलाई एकदमै माया गर्ने व्यक्ति थिए । गाउँका बच्चाहरु एन्टोनीकै कारण पढ्न जान्थे ।
अहिले उनको मृत्यु भइसकेको छ । उनी त्यहाँका हरेक मानिसलाई सहयोग गर्थे । त्यसैले उनले आफ्नो मृत्युअघि नै आफुसँग भएको सबै सम्पति गाउँभरिका मान्छेलाई भाग लगाईदिएका थिए । मिडिया रिपोर्ट अनुसार यसरी भागबन्डा लगाउँदा त्यहाँका हरेक व्यक्तिको नाममा करिब ३० करोड रुपैयाँभन्दा बढी सम्पति प्राप्त भएको थियो । यसरी उनले आफ्नो सम्पति गाउँलेलाइ दिएपछि गाउँका सबै मान्छेहरु एकदम खुशी भएका थिए।