मंगल ग्रहमा भएको ताल जस्तै धर्तिमा पनि भेटियो, यस्तो छ रहस्य

एजेन्सी, सुन्दा अचम्म लाग्न सक्छ कि मंगल ग्रह जस्तै एक ताल धर्तीमा पाईएको छ र यसलाई चमत्कारी पनि मानिएको छ । मंगल ग्रहसँग हुबहु मिलेको यस ताललाई लिएर वैज्ञानिकलाई अन्य कैयौं रहस्य खुल्ने आशा रहेको छ । हाल वैज्ञानिकहरु यसको अध्ययन गरिरहेका छन् । यिनीहरुको विश्वास रहेको छ कि यस तालबाट मंगल ग्रहमा जीवनको खोज गर्नलाई मद्दत मिल्नेछ ।


मिररको रिपोर्ट अनुसार यो ताल क्यानाडामा रहेको छ । यसको नाम ‘मारटेइन लेक’ हो जुन मंगल ग्रहको एक ताल झैँ देखिन्छ । धर्तिमा पाईएको यस तालको पानी हालै गरिएको एक रिसर्चमा चमत्कारी रहेको बताइएको छ । रिसर्च अनुसार पानीमा कैयौं थरिको चमत्कारी तत्व पाईएको छ जसले मानव शरीरलाइ धेरै थरिको रोगहरुबाट बचाउन सक्दछ । साथै तालमा देखिने भिन्दा भिन्दै धब्बाले भिन्दा भिन्दै खुबी भएको दर्शाउछ । यो तलको पानीले अनुहारको रोगलाई टाढा राख्न सक्ने र शरीरको दुखाई कम गर्न सक्ने विशेषता भएको हुन सक्ने दावी गरिएको छ । अत्यधिक मात्रामा भएको सलफेट सायद धर्तिमै सबैभन्दा धेरै यस तालमा पाईएको छ ।

 

प्रकाशित : सोमबार, मङि्सर ११, २०७४१५:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१७ लाख फलोअर्स भएको यो बाख्रा सामाजिक संजालमा भाईरल [तस्विर सहित]