धर्तीमा भेटियो “नर्कको द्वार”, हेर्नुहोस यस्तो छ तस्वीर !

एजेन्सी, पृथ्वीमा कयौ रहस्यमय ठाउँहरु रहेका छन् । जसको बारेमा हामी सबैलाई ज्ञात नहुन सक्छ । यस्तै एक यस्तो ठाउँ छ जसलाई “नर्कको द्वार” भनेर चिनिन्छ । धार्मिक ज्ञान र कहानीमा मात्र सुनिएको “नर्क” अब पृथ्वीमा नै छ भन्दा अचम्म लाग्न सक्छ । तर एक यस्तो ठाउँ छ जुन नर्कभन्दा पनि डरलाग्दो छ । यो “नर्कको द्वार” भनेर चिनिने ठाउँ रूसको कोला प्रायद्वीपस्थित रहेको छ । दुनियाँमा सबैभन्दा डरलाग्दो र गहिरो खाडल भनेर यसलाई भनिन्छ । तस्वीर मार्फत पनि  हामी अनुमान  गर्न सक्छौ । हेर्दै भयानक देखिने यो खाडलको नजिक कम्जोर मुटु भएकाहरु जान सक्दैनन् ।


iflscience.com को  रिपोर्टअनुसार यस नर्कको द्वारलाई ‘कोला सुपरडीप बोरहोल’ नामबाट पनि चिनिने गरिन्छ । सूचनाअनुसार अमेरिकी वैज्ञानिकहरुलाई चुनौती दिनको लागि १९७० मा रूसका वैज्ञानिकले यस खाडललाई खन्न शुरू गरेका थिए । यो खाडललाई खन्न लगभग १९ वर्षसम्म लागेको थियो । त्यस समयमा वैज्ञानिक १२ किलोमिटरको गहिराइसम्म पुगेका थिए । त्यस पश्चात एक घटनाले गर्दा उनीहरुले  आफ्नो काम रोक्नु परेको थियो ।

रिसर्च रूसी वैज्ञानिक जमीनको जति तलसम्म खन्दै गए त्यति त्यति उनीहरुको काम अवरोध आउदै गयो । एक समय यस्तो आयो कि खन्ने उपकरणको तापमान एक्कासी बढ्न थाल्यो । जब उनीहरु १२२६२ मिटरको गहिराइमा पुगे तब उपकरणहरु बन्द भए । त्यतिखेरको तापमान १८० डिग्री सेलसियस रहेको थियो । यो थाहा पाएपछि काम बन्द गरदिएका थिए र यस हेलको नाम “नर्कको ढोका” राखी दिएका थिए ।

प्रकाशित : शुक्रबार, मङि्सर ०८, २०७४१८:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक बोतल दूधको मूल्य झण्डै डेढ लाख