काठमाडौं, असाहयका लागि सहयोगी हातहरु नेपालको पहलमा मानव सेवा आश्रम कैलालीको शाखा विस्तार हुने भएको छ । बर्दगोरिया गाउँपालिका अन्र्तगत पर्ने बर्दगोरिया क्षेत्रमा शाखा विस्तार हुन लागिएको हो ।
धार्मिक तथा प्रर्यटकिय क्षेत्र बर्दगोरियामा शाखा बिस्तार गर्दै गरेको संस्थाले असाहय व्यक्तिहरुको हितका लागि काम गरिरेहेको संस्थाका संस्थापक बल बहादुर बिष्टले बताएका छन् ।
शाखा व्यवस्थापन र सरसफाईको कार्यमा ईलाका प्रहरी कार्यालय बौनिँयाले म्यादि प्रहरी खटाई सहयोग गरेको छ । कैलाली जिल्लामा मानव सेवा आश्रमको थप ९ वटा शाखा विस्तार हुने समेत जनाकारी बिष्टले गराउनु भएको छ ।