के तपाई फ्ल्याट लिदै हुनुन्छ ? यदी छ भने जानिराखौ वास्तुशास्त्रको नियम !

ब्यापार-व्यवसाय गर्न, गुणस्तरीय सिक्षा लगायत अन्य चक्करमा मानिसहरु एक ठाँउबाट अर्को ठाउँमा जाने गर्दछन् । यसमा कतिपयले फ्ल्याट लिएर समूहमा बस्ने गर्दछन् । यदि तपाई पनि फ्ल्याट लिने सोच गर्दै हुनुहुन्छ भने चाहे समूहमा बस्न होस् या एक्लै बस्न बुझेर मात्र लिने गर्नुहोस् । कहिले पनि सबैभन्दा माथिल्लो तल्लाको फ्ल्याट नलिनुहोस् । वास्तुशास्त्र अनुसार यस्तो फ्ल्याटलाई अशुभ मानिन्छ । सबैभन्दा माथि छतमा पानि जम्मा गर्नका लागि ओवर हेड ट्यांकी राखिएको हुन्छ । जुन अशुभ हुन्छ ।

यदि तपाईलाई माथिल्लो तला मनपरेको छ तर छतमा पानि ट्यांकी राखिएको छ भने त्यस्तो फ्ल्याटमा नबस्दा राम्रो हुन्छ  । फ्ल्याटको माथी यस्तो ट्यांकीले घरमा दोष उत्पन्न गर्दछ । र दोष माथिल्लो तलामा बस्नेलाई धेरै लाग्दछ । बिशेष गरी बेडरूमको ठिक माथी पानी ट्यांकी हुनु निकै हानिकारक हुने गर्दछ । यस्तो फ्ल्याटमा बस्ने व्यक्तिलाई निकै खतरा हुने, धन हानि हुने लगायत शारीरिकरुपमा पनि कठिनाईहरु भोग्नु पर्दछ । त्यसैले फ्ल्याट लिदा होसियार भएर लिनु पर्ने वास्तुशास्त्रले बताएको छ ।

 

प्रकाशित : मङ्गलबार, कार्तिक २८, २०७४१५:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शास्त्रअनुसार यी ४ कार्य गर्ने र हेर्ने दुवैजना हुनेछ नर्कको अधिकारी