वास्तविक जीवनमै आयरन म्यान सुट उडाएर यी व्यक्तिले राखे विश्व रेकर्ड!

एजेन्सी, हलिउडको मार्भल कम्पनीको चर्चित चलचित्र “आयरन म्यान” ले सबै मानिसको मन जित्न सफल भएको छ । “आयरन म्यान” भनेर नचिन्ने सायद निकै कम नै होलान् । आयरन म्यानको भूमिका निर्वाह गरेका टोनी स्टार्कले लगाएको आयरन म्यानको सुट काल्पनिक हो । जसलाई फिजिक्सले ब्रिटिश आविष्कारको यो सुटलाई उडाउन मद्दत गर्छ । यस्तै रिचर्ड ब्राउनिङ्ग नाम गरेका व्यक्तिले बिहीवारको दिन आयरन म्यान सुट मध्यमा सबैभन्दा छिटो गतिमा उड्ने सुटको रुपमा वोर्ल्ड रेकर्ड बनाएका छन् ।

ब्रिटेनको रीडिंगमा भएको लैगूना पार्कमा ५० किलोमिटर भन्दा अधिक गतीमा उडेका टोनीको आयरन म्यान सुटमा न्यूनतम जेट इन्जिन र एक्सो-कंकाल समावेस गरिएको थियो । जसले ठाडो ऊर्ध्वाधर र उडान गर्न मद्दत पुर्याउछ । गिनीज वोर्ल्ड रेकर्डमा शरीर नियन्त्रित जेट इन्जिन शक्ति भएको सुटहरु मध्य तेज़ गतिमा उड्ने यो पहिले सुट रहेको छ । वास्तविक जीवनको आयरन म्यान ब्राउनिंगले नयाँ रेकर्ड बनाएकोमा खुसी ब्यक्त गर्दै यो शुरुवात मात्र रहेको र भविष्यमा यो कामलाई पूर्ण तरिकाले बनाउने प्रण लिएका छन् ।

प्रकाशित : आइतबार, कार्तिक २६, २०७४१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईको समय नराम्रो चलिरहेको छ ? घडीको वास्तु दोष पनि हुन सक्छ!