भोलि कालभैरव अष्टमी, यसरी पूजा गरे सबै मनोकामना पुरा हुने

भोली कार्तिक २४ गते शुक्रवार भगवान् शिवको अवतार कालभैरव देवताको जयन्ती रहेको छ। धर्म-ग्रन्थ ‘शिव पुराण’ अनुसार भैरव महादेवको रुप मानिएको छ। त्यसैले भोलिको दिन भैरवनाथको पूजा गर्नाले घरमा नकारात्मक उर्जा, जादू-टोना, भूत-प्रेत आदिको प्रभाव हराएर जान्छ भन्ने विश्वास गरिन्छ।

कालभैरव भगवान महादेवको अंश भएको कारणले भोलि भैरव अष्टमीको दिन बाबा भैरवको पूजा-आराधना गर्नाले सारा दुख हराएर जाने र अन्जानमा भएको सबै पापहरुबाट मुक्त हुने विश्वास रहेको छ। साथै काल-भैरवको पूजा र व्रत बस्नाले सबै प्रकारको बाधाहरुबाट छुटकारा पाईने साथै भुत-पिशाचबाट घर र परिवारको सदस्य सुरक्षित रहने मान्यता रहेको छ। भैरव अष्टमीको दिन महादेवको अवतार काल-भैरवलाई खुसी बनाउनका लागी बिधिहरु यस प्रकार रहेका छन्।

१) कालो रङको कुकुरलाई चोखो खाना खुवाउनु निकैनै शुभ मानिन्छ।
२) बाबा काल भैरवको कृपा पाउनका लागी अष्टमीको दिन कालभैरवको मन्दिरमा गएर उनको मूर्तिमा सिन्दुर र तेल चढाएर अगाडि उभिएर काल भैरवको मन्त्र ३ पटक जप्नु पर्दछ।
३) कालभैरवको उत्पति भगवान शिवको अवतारको रुपमा भएकोले यो दिन २१ वेल्पत्रमा चन्दनले ‘ऊ नम: शिवाय‘ लेखेर शिवलिंगमा चढाउनु पर्दछ। यसो गर्नाले सबै-तरिकाको मानोकामना पूरा हुने धार्मिक आस्था रहेको छ।

प्रकाशित : बिहिबार, कार्तिक २३, २०७४१९:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिष्णुको अवतार कछुवाको प्रतिक घरमा राख्दा हुनेछ फाइदा नै फाइदा !