संसारकै सबैभन्दा महँगो यी ४ ल्यापटप जसको मूल्य सुनेर पर्नुहुनेछ आश्चर्यचकित!

एजेन्सी, कुनै जवाना यस्तो थियो जहाँ पीसी क्रेज हुने गर्दथ्यो । टेक्नोलोजीको विकाससँगै पीसीको आकार घटाउदै यसलाई नयाँ रुपमा बनाइयो । जसलाई ल्यापटप भनिने गरिन्छ ।अ हिलेको जवानामा ल्यापटपले पीसीको स्थान लिएको छ । ल्यापटप बोकेर जहाँ पनि हिड्न सकिने, सहज  र सजिलो हुने भएकोले गर्दा यसको आकर्षण बढ्दै गएको छ । महँगो र राम्रो ल्यापटप किन्ने क्रेज बढेसँगै कम्पनीहरुले यी कुराहरुलाई मध्यनजर गरेर महँगो ल्यापटप बनाउने क्रममा संसारकै सबैभन्दा महँगो ल्यापटप बनाउन सफल भएका छन् । दुनियाकै सबैभन्दा महँगो ल्यापटपहरु यस प्रकार रहेका छन् ।

१. लुवगलियो: यो ल्यापटप संसारको सबैभन्दा महँगोमा ल्यापटपमा गनीएको छ । लुवगलियोंलाई मिलियन डलर ल्यापटप पनि भनिने गरिन्छ । यसलाई यूके बेस्ड कम्पनिले बनाउने गरेको छ । यो ल्यापटपको स्क्रीन १७ इन्च रहेको छ, यसमा MP3 प्लयेर र चम्किलो हिरापनि जडान गरिएको छ । यसमा यूएसबी मेमोरी, डबल पावर बटन साथ सेक्युरिटी सिस्टम पनि दिईएको छ । यूजरले चाहेको बेलामा यसको हार्डवेयर अपग्रेड गर्न सक्छन् । यो ल्यापटपको हरेक बटनमा  हिरा जडान गरिएको छ । यो ल्यापटपको मूल्य भने १०,५२,३२,००० रुपयाँ पर्दछ ।

२. तुलिप इ-गो डायमण्ड: यो हेर्दा ल्यापटप हेर्दा ल्यापटप भन्दा पनि एक ज्वेलरी बक्स जस्तो देखिन्छ । यो ल्यापटपलाई एजिस को एमरलड र रूबीले ढाकिएको छ । जसको कारणले यसको मूल्य २,३३,७९९८२ भारु पर्दछ ।

३. म्याकबुक प्रो २४ क्यारेट गोल्ड: यो ल्यापटप एप्पल कम्पनीको हो । जसलाई म्याक बुक भन्ने  गरिन्छ । यो म्याक बुक पुरै २४ क्यारेट गोल्डबाट बनेको हुन्छ । यसको मूल्य २०,०३२५० पर्दछ । यसको र्याम ४ जीबी रहेको छ भने DDR2 हाई प्रोसेसर पनि रहेको छ ।

४ ईगो फार बेटले: यो नोटबुक संसारकै सबैभन्दा महँगो नोटबुक मानिन्छ । यो नोटबुकको मूल्य १३,३५९०० रहेको छ । यो नोटबुकमा २ जीबी र्याम छ भने १६० जीबी हार्ड ड्राइव रहेको छ ।

 

प्रकाशित : बुधबार, कार्तिक २२, २०७४१६:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बिहान उठ्नासाथ यी ४ कुरा देखे दिन असुभ रहने, बादँरको नाम लिनु पनि असुभ!