राति डरलाग्दो सपना देख्नबाट बच्न अपनाउनुहोस वास्तुशास्त्रका यी ४ उपायहरु!

राति सुतेको समयमा सपना देख्नु सामान्य मानिन्छ । सपना कुनै राम्रा हुन्छन भने कुनै नराम्रा । सपनालाई बिज्ञानले आ-आफ्नै भाषामा व्याख्या गरेको छ भने धर्म शास्त्रले आफ्नै भाषामा । बिज्ञानमा सपनाको खासै महत्व नरहे पनि धार्मिक हिसाबले सपनाको ठुलो महत्व रहेको छ । यस्तै कुनै सपना निकै डरलाग्दो पनि हुन्छन र यस्तो डरलाग्दो सपनाबाट छुटकारा पाउनका लागि वास्तुशास्त्रमा केही उपायहरु पनि लेखिएको छ । धार्मिक बिश्वास भएकाहरुको लागि यो उपाय निकै फाइदाजनक रहेको छ ।

१) डर लाग्दा हनुमान जीको नाम लियो भने नकारात्मक शक्तिहरुले छुन नसक्नुको साथै मनको डर हराएर जाने विश्वास रहेको छ । साथै डरलाग्दो सपना देखिने बानि छ भने सुत्नु अघि हनुमान चालिसे पढेर सुत्नुहोस् ।
२) ज्योतिष शास्त्र अनुसार यदि तपाईको घरमा कोही साना बच्चा छ भने ओछ्यान मुनि कुनै छोटो फलामको सामान राखे घरबाट नकारात्मक ऊर्जा हटेर जाने बताएको छ ।
३) कहिले पनि आफू सुत्ने कोठामा पितृको तस्वीर राख्नु हुदैन । यदि तपाई आफ्नो कोठामा पितृको तस्वीर राख्नु हुन्छ भने तपाइले आफ्नो घरमा नकारात्मक शक्तिलाइ प्रवेश गर्नका लागि निमन्त्रणा दिनु भईरहेको छ ।
४) कहिले पनि पुरै अन्धकार कोठामा सुत्न हुदैन । कोठामा कुनै न कुनै मधुरो प्रकास मात्र भए पनि बाल्नु पर्दछ। यसो गर्नाले नराम्रो सपना आउदैन ।

 

प्रकाशित : मङ्गलबार, कार्तिक २१, २०७४१९:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि अर्थात् कार्तिक २३ गते यस वर्षकै सबैभन्दा उत्तम दिन, यी ४ राशी भएकालाई हुनेछ लाभ!