एजेन्सी, कुनै पनि काम एउटा हातले मात्र गर्दा पनि सम्भव भएपनि निकै कठिन र सास्ती भने हुने गर्दछ । तर भारतको आन्ध्र प्रदेशका प्रभाकर रेड्डीले भने ओखर जस्तो कुरालाई पनि सामान्य ठानेका छन् । उनले सजिलैसँग एउटा हातले नै २ सय १२ ओटा ओखर फुटाएर गिनिज बुक अफ वोर्ल्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् । उनले एउटा हातले विश्वको सबैभन्दा धेरै ओखर फुटाउने व्यक्तिको रुपमा आफुलाई विश्वमाझ चिनाएका छन्।
सबैभन्दा धेरै ओखर फोरेर विश्व किर्तिमान नै कायम गरेका प्रभाकरले २ सय १२ ओटा ओखर फुटाएका हुन् ।पेशाले एक मार्सल आर्ट प्रशिक्षक रहेका प्रभाकरले राशिदको किर्तिमान तोडेका छन् ।