यी हुन्, मृत्युपछि पनि करोडौँ कमाउने टप १० सेलेब्रिटीहरु, सबै भन्दा अगाडि माइकल ज्याक्सन

एजेन्सी – विश्वका धनि व्यक्तिहरुको रिपोर्ट सहित सूची तयार पर्ने फोर्ब्स म्यागेजिनको हालै सार्वजनिक भएको सूची अनुसार मृत्युपछि पनि सेलेब्रिटीहरुले करोडौँ रुपैयाँ कमाई रहेका छन्। जसमा कयौं ठूला-ठूला सेलिब्रेटीहरुको नाम सामेल छ।

जसमा पप स्टार माइकल ज्याक्सन शिर्ष स्थानमा रहेका छन्। फोर्ब्सको सूचिमा एक आश्चर्यजनक नाम पनि समावेश छ।  टप १० लिस्टमा अल्बर्ट आईन्स्टाईनको नाम पनि छ।  जसको मृत्यु भएको ६२ वर्ष भैसकेको छ। यस सूचीमा बब मारले, जोन लेनन, अर्नाल्ड पामर, चार्ल्स शुल्ज जस्ता हस्तीहरुको नाम पनि शामिल छ। आउनुस्,  मृत्युपछि पनि करोडौँ कमाउने १० सेलेब्रिटीहरु को को हुन् जानौँ…

माइकल ज्याक्सन
‘किङ्ग अफ पप’ को नामले परिचित माइकल ज्याक्सन यस लिस्टमा शिर्ष स्थानमा रहेका छन्। उनले एक वर्षमा  ७६.८  करोड रुपैयाँ कमाईरहेका छन्।   स्मरण रहोस, ड्रग ओवरडोजको कारणले उनको २००९ मा मृत्यु भएको थियो।  आज पनि उनले आफ्नो म्यूजिक कम्पनीमा रहेको सेयर (साझेदारी) को रकम र उनको म्यूजिक रोयल्टी छुट्टा छुट्टै पाउने गर्छन्।  गत वर्ष सम्म माइकल ७२० करोड कमाउने गर्थे। यो वर्ष भने उनको कमाईमा गिरावट आएको छ।

आश्चर्यमा पार्ने अर्को नाम हो, अल्बर्ट आईन्स्टाईन
मरेका चर्चित अनुहार (डेड सेलेब्रिटी) को सूचीमा आश्चर्यमा पार्ने नाम हो, अल्बर्ट आईन्स्टाईन।  उनले अहिले पनि वर्षमा छ करोड रुपैयाँ कमाउछन्। उनको मृत्यु भने ६२ वर्ष पहिले नै भएको हो। विज्ञान थुप्रै सिद्धान्त (Theory) को प्रमाणपत्रहरु (Licence) उनको नाममा दर्ता छन, जसको उनले रोयल्टी प्राप्त गर्छन।

यो हो टप १० सूची 
1. माइकल जैक्सन (गायक र डान्सर) वर्षको जम्मा कमाई – ७६.८ करोड रुपैयाँ
2. अर्नाल्ड पामर (गोल्फर) वर्षको जम्मा कमाई             – ४० करोड रुपैयाँ
3. चार्ल्स शुल्ज (कार्टुनिस्ट) वर्षको जम्मा कमाई            – ३८.४ करोड रुपैयाँ
4. एल्विस प्रीस्ले (गायक र डान्सर) वर्षको जम्मा कमाई  – ३५.२ करोड रुपैयाँ
5. बब मारले (गायक ) वर्षको जम्मा कमाई                  – २४ करोड रुपैयाँ
6. टम पेटी (गायक) वर्षको जम्मा कमाई                    – २०.८ करोड रुपैयाँ
7.प्रिन्स (म्यूजिशियन र एक्टर) वर्षको जम्मा कमाई     – १९.२ करोड रुपैयाँ
8. ड. स्यूज (अथर) वर्षको जम्मा कमाई                    – १६ करोड रुपैयाँ
9. जोन लेनन (म्यूजिशियन) वर्षको जम्मा कमाई           – १२.८ करोड रुपैयाँ
10. अल्बर्ट आईन्स्टाईन (वैज्ञानिक) वर्षको जम्मा कमाई      – ९.६ करोड रुपैयाँ

प्रकाशित : बुधबार, कार्तिक १५, २०७४१४:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रक्सिको बोतलले भरिएको समुन्द्री तट !