अति ‘कडा ग्रह’ मानिने शनिले भोलिबाट राशी परिवर्तन गर्ने, यस्ता संकेत देखिए सम्झनुस् ‘शनिको दशा’ लग्यो

काठमाण्डौ – भोलि कार्तिक ९ गते बिहिबार शनि वृश्चिकले धनु राशीमा प्रवेश गर्दै छ । शनि ले राशी परिवर्तन गर्दा कतिपय राशीलाई राम्रो हुन्छ भने कतिलाई असुभ पनि हुन्छ । ज्योतिषशास्त्र अनुसार यदि कुण्डलीमा शनि दोष रहेछ भने असुभ हुनेछ । आफूलाई शनि दोष भए यी संकेतहरु देखिने छन् ।

कुण्डलीमा शनिको दोष भए के हुन्छ ?

१. धनको बचत नहुनु, नोक्सान मात्र हुनु शनि दोष मानिन्छ । अनि पटक पटक चप्पल चुडिन्छ, हराउछ भने तपाइलाई शनिको प्रभाव परेको बुझिन्छ ।
२. पढाईमा मन् नजानु र जति पढे पनि नाबुज्नु शनि दोषको लक्ष्यण मानिन्छ ।
३. धेरै अल्छि लाग्ने र जीवनमा सफलता हासिल गर्न नसक्ने व्यक्तिलाई शनि दोष हुन्छ ।
४. यदि कुण्डलीमा शनि दोष रहेछ भने बिबाह भएको केहि समयमा नै ससुराली पक्षमा नराम्रो घटना घट्ने छ ।
५. यदी कोही व्यक्ति सधै निराश रहन्छ, थकित हुन्छ भने शनि दोष रहेको बुज्नु पर्छ ।
६. गर्दै नगरेको आरोप लाग्छ र सजाय पनि भोग्नु परेको छ भने तपाइलाई शनि दोष छ ।
७. यदि कुण्डलीमा शनि दोष रहेको छ भने उक्त व्यक्ति कुलतमा फस्ने छ र जाड रक्सि तर्फ मन धेरै जाने छ ।
८. जवानीमा नै कपाल फुल्छ, झर्छ, जोर्नीहरु दुख्छ भने पनि शनिको प्रभाव कुण्डलीमा रहेको हुन्छ ।

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४१४:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट शनि ग्रहले ३ वर्षको लागि घर परिवर्तन गर्यो , यस्ता व्यक्तिलाई यस्तो खतरा हुने