यो रुखलाई छुदा थकान मेटिने धार्मिक बिश्वास , जुन नेपालमा पनि पाइने !

एजेन्सी, पारिजातको रुख नेपाल लगायत भारतको विभिन्न ठाउँमा पाइन्छ । पारिजातको रुखको छुट्टै विशेषताहरू छन् । पारिजातको रुख १० देखि २५ फिट माथि सम्मको अग्लो हुने गर्छ। यस रुखबाट मुटुरोगीहरुको लागि औषधि पनि बनाइने भएकोले हाम्रो स्वास्थको लागि यसको निकै महत्व रहेको छ।

उत्तर प्रदेशको कांतुर ठाउँमा पारिजातको अनौठो रुख छ  । यो रुख कांतुर बाराबंकी जिल्लाको मुख्यालयदेखि  ३८  किलोमीटर टाढा पूर्वी दिशामा स्थित छ । साथै यो रुख विश्वप्रसिद्द रहेको छ ।  यस पारिजात रुख ५० फिट मोटो र  ४५ फिट अग्लो छ । त्यहाँको  मानिसहरुका अनुसार यो पारिजातको रुख छुँदा उनीहरुको थकाई मेटिने विश्वास छ ।

उत्तर प्रदेशको कांतुर ठाउँमा रहेको यो पारिजातको रुखलाई हरिबंश पुराणमा पनि वर्णन गरिएको छ। साथै यस रुखलाई छुदा थकान मेटिने कुराहरु पनि उल्लेख गरिएको छ। भारतीय सरकारद्वारा संरक्षित यो रुख सांस्कृतिक र पौराणिक दृष्टिबाट महत्वपूर्ण रहेको छ ।

प्रकाशित : बुधबार, कार्तिक ०८, २०७४११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खल्तीमा रुमाल राख्दा यी ७ चिजको याद राख्नुस, हुनेछ यस्तो फाइदा