नेपालको छवि उच्च राख्न आग्रह

काठमाडौँ, ६ कात्तिक – इजिप्टको राजधानी कायरोस्थित नेपाली राजदूतावासले बडादशैँ, तिहार र छठका अवसरमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा इजिप्टका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्यालले विदेशमा रहँदा त्यहाँको नियम, कानून एवं प्रचलनलाई राम्ररी पालना गर्दै नेपालको छवि उच्च राख्न आग्रह गर्नुभयो ।  राजदूतको निवासस्थानमा भएको कार्यक्रममा इजिप्टमा अध्ययन गरिरहेका छात्रछात्रा, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत कर्मचारी, रोजगारीका लागि इजिप्टमा बसोवास गरिरहेका श्रमिक, राजदूतावासका कर्मचारी, तथा परिवारका सम्पूर्ण सदस्यको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०६, २०७४१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दक्षिण कोरियाको अरबौं सहयोगमा नेपालको यी छ वटा शहर स्मार्ट सिटी बन्दै