मोबाइल तथा ग्याजेट्स पानीमा भिजे पछि के गर्ने ? अपनाउनुहोस् यी उपायहरु

सबैलाई आफ्नो मोबाइल  तथा ग्याजेट्स पानीले  भिज्ला भन्ने डर हुने गर्छ । वर्षाको मौसम भएको कारणले मोबाइल लगायत  ग्याजेट्स भिज्ने जोखिम हुन्छ । यदि तपाईले  सावधानी अपनाउद अपनाउदै  तपाइको  मोबाइल भिज्यो भने के गर्ने । आज हामी तपाईलाई यस समस्याबाट कसरी सुरक्षित हुने भन्ने उपायहरू भन्न गईरहेका छौ :

१. यदि तपाइको मोबाइल  पानीमा भिज्यो भने  सबैभन्दा पहिला आफ्नो  मोबाइल अफ गर्नुस र ब्याट्री र सिम लगायत मेमोरी कार्ड  झिक्नुहोस । यसपछि यसलाई तुरुन्त कुनै सुख्खा कपडामा राख्नुस ।

२. भिजेको मोबाइललाई सुख्खा  र नरम कपडाले पुस्नु र भयाकुम क्लिनरको सहयातबाट पानी  बाहिर  निकाल्नुहोस् । भयाकुम क्लिनरको सट्टा तपाई हेयर ड्रायर पनि प्रयोग गर्न सक्नु हुन्छ ।

३. मोबाइल  हावा नछिर्ने भाँडोमा राख्नुहोस् जस्तै चामलको भाँडो । यसमा राख्नाले चामलले मोबाइलको पानी सोस्ने गर्छ।

४. मोबिले भिजिसके पछि यसलाई फेरी सुचारु गर्न तपाइले  करिब २४ घण्टा कुर्नुपर्छ । २४ घण्टा पछि यसको पानी  निकाल्न सकिन्छ । तपाइको मोबाइल सुख्खा छ र यस भित्र पानी  छैन  भने यसलाई तपाई अन गर्न सक्नु हुन्छ ।यदि यसो गरेमा पनि तपाइको मोबाइल फोन अन भएन भने  मर्मत केेन्द्र लाग्नुहोस ।

५. मोबाइलको ब्याट्रीहरुमा  प्राय सेतो स्टिकर लगाईएको हुन्छ र यो पानीमा भिजेपछि आफै रातो हुने गर्छ यदि तपाइको  ब्याट्रीको स्टिकर भिजेको छैन भने तपाइको मोबाइलको वारेन्टीले काम गर्छ ।

प्रकाशित : शुक्रबार, कार्तिक ०३, २०७४१०:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाइँलार्इ थाहा छ ? ओठबारे १५ तथ्य –