२७ वर्षपछि लक्ष्मी पुजाको दिन जुर्यो यस्तो संयोग, यस्तो छ पुजा गर्ने शुभ साईत र बिधि

एजेन्सी, दिपावलीको दिनमा लक्ष्मीलाई प्रशंन्न गर्नको लागि धेरै प्रकारका उपाय अपनाउने गरिन्छ।  यस दिन लक्ष्मी पुजाको लागि हामीले  चरणामृत बनाउन भुल्नु हुदैन। यसको लक्ष्मी पुजामा धेरै महत्व हुने गर्छ। यस वर्ष विक्रम संवत २०७४ मा कार्तिक कृष्ण चन्द्र बिहिबार १९ अक्टुबर सन् २०१७ को सुर्यदयले पहिले नै आरम्भ भएर राति १२ बजेर ४२ मिनेटसम्म अवस्थित हुनेछ।

हस्त उपरांत चित्रा नक्षत्रले सम्पूर्ण दिन र रातको आनन्द लिनेछ। बिहिबार  हस्त नक्षत्रबाट बनाएको शुभ योग र चित्रा नक्षत्रबाट बनाइएको चर योग कार्यसिद्दि उपलब्धि हो। जसले वैधताको दोषलाई निर्मुल पार्दछ। चित्रा नक्षत्र एक नरम बोल्ने संज्ञानात्मक हो । अत: दिपावली पर्वका  दिन कसैले पनि विवाद नगरी मनाउनु पर्दछ ।

२७ वर्ष पछि जुर्यो यस्तो संयोग:

यसपटक दिपावलीमा गुरु चित्राको २७ वर्षपछि संयोग मिलेको छ। यो भन्दा पहिले यस्तो योग १९९० मा बनेको थियो। यस संयोगमा भगवान गणेश र माता लक्ष्मीको पुजा पुरै बिधि अपनाएर मनाउदा अत्यन्त लाभको प्राप्ति हुनेछ। अब यस्तो संयोग नक्षत्र ठिक २०२१ मा मात्र हुनेछ।

पूजा गर्ने विधि: कुनै पनि मंगलको काम वा पूजा सुरु गर्नुअघि भगवान गणेशको पूजा गरिन्छ । त्यसैले भगवान गणेशलाई स्नान गर्नुहोस र वस्त्र लगाईदिनुस। गंध, पुष, अक्षत अर्पित गर्नुस। अब लक्ष्मी माताको पुजा शुरु गर्नुहोस। तपाईले जुन लक्ष्मी माताको मुर्तिमा पुजा गर्दै हुनुहुन्छ त्यो मुर्ति  आफ्नो पुजा घरमा  हुनुपर्दछ । माता लक्ष्मीलाई आफ्नो घरमा सम्मान सहित राख्नुहोस र मुर्तिलाई स्नान गराउनुस । स्नान पहिले पानीले गर्ने फेरी पन्चामृतले गर्ने र  दोस्रोपटक पानीले स्नान गर्नुस। अब माता लक्ष्मीलाई बस्त्र लगाईदिनुहोस ।

गुलाबको फुल माता  लक्ष्मीको लागि विशेष  फुल हो । अब सम्पूर्ण बेलपत्र चढाएर धुप र दियो बाल्नुस, यसो गर्दा लक्ष्मी प्रशन्न हुने प्रचलन छ । ११ वा १२ दाना चामल पनि अर्पित गर्नुस। श्रद्दाअनुसार घिउ या तेलको बत्ति बाल्नुस। बत्ति बायाँपट्टि राख्नु हुदैन। यी सम्पूर्ण बिधि भैसकेपछि अब आरती गर्न सुरु गर्नुहोस। आरति गरिसकेपछि नेवैद्य अर्पण गर्नुस। महालक्ष्मी पुजाको समयमा  “ऊँ महालक्ष्मयै नमः” यस मन्त्रको जप गर्नुहोस।

दिपावली पुजा र दिपावली शुभ समय 

१. प्रदोष काल मुहूर्त

माता लक्ष्मीको पुजाको सुभ मुहूर्त – ५:४३ देखि ८:०६ सम्म।

समय – १ घण्टा ५ मिनेट।

वृषभ काल – ७:११ देखि ९:०६ सम्म।

२. चौघड़िया पूजा मुहूर्त
बिहान ६:२८ देखि ७:५३ र साँझ ४:१९ देखि ८:५५ सम्म।

३. महानिशिता काल मुहूर्त
लक्ष्मी पूजाको अवधि –  ५१ मिनेट – महानिशिता काल – ११:४०  देखि  १२:३१ सम्म।

प्रकाशित : बुधबार, कार्तिक ०१, २०७४१९:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहारमा कहिल्यै पनि बिर्सिनै नहुने १ चिज: ग्रन्थमा मानिएको छ यसलाई यसकारण पनि जरूरी