आज पञ्च शुभ योग: यस्ता सामग्रीहरु भुलेर पनि खरिद नगर्नुहोस!

एजेन्सी – दिपावली भन्दा पहिला धनतेरसको दिन मानिसहरु किन-बेचमा गर्न निकै व्यस्त देखिन्छन्। यो दिन कुन समान किन्नु हुन्छ र कुन समान किन्नु हुदैन भन्ने जानकारी कमै मानिसहरुलाई मात्रै थाहा हुन्छ । यस्तो अवस्थामा मानिसहरु गलत समान खरिद गरिरहेका हुन्छन ।

यदि ‘धनतेरस’ शब्दलाई हामी २ भागमा विभाजित गर्छौ भने नेपालीमा ‘धन’ अर्थात् पैसा र ‘तेरस’ अर्थात् तर्फ हुने गर्छ। धनतेरसको दिन सुनचाँदी देखि लिएर भाडाहरु खरिद गर्ने गरिन्छ । आज हामी तपाईहरुलाई कुन सामाग्री किन्नु उचित हुदैन भन्नेबारे जानकारी गराउछौ ।

१. पुरानो परम्पराहरुले  समयसँगै परिवर्तन भै आधुनिक रुप लिएको छ । आजभोलि मानिसहरु ‘धनतेरस’ को दिन विधुतीय उपकरण, गाडी, काठको सामग्रीहरु किन्ने गर्छन । तर आदर्श रुपमा तपाईले विधुतीय उपकरणहरु किन्नु हुदैन ।

२. धनतेरसको दिन शीशाको समान खरिद गर्नु हुदैन किनभने यसको सम्बन्ध राहुसंग हुने गर्छ। र राहुलाई नीच ग्रह मानिने गरिन्छ ।

३. धनतेरसको दिन आल्मोनियमको सामग्री पनि खरिद गर्नु असुभ मानिन्छ। किनभने यसको पनि सम्बन्ध राहुसंग हुने गर्छ । त्यसैले एल्युमिनियमको प्रयोग पुजा-पाठमा पनि प्रयोग गरिदैन ।

४. भान्सामा प्रयोग हुने सामग्री जस्तै चाकू र फलामको सामानहरु धनतेरसको दिन किन्नु हुदैन। किनभने यसमा सनीको बास हुने गर्छ ।

 

प्रकाशित : मङ्गलबार, असोज ३१, २०७४१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस कुन- कुन राशी हुनेहरुलाई यो हप्ता लक्ष्मी (धन) प्राप्तीको योग छ ?