एजेन्सी, संसारमा लक्जरी फोनको सूचीमा गनिने आइफोन बजारमा आउने बितिकै प्रविधि उद्योगमा हलचल ल्याएको थियो । सन् २००७ मा आफूले आइफोनको सिर्जना गर्न प्राप्त गरेको प्रेरणाका सन्दर्भमा कुरा गर्दै आइफोन डिजाइनरका प्रमुख सर जोनाथन इभ भन्छन् , “मलाई तत्कालीन बजारमा उपलब्ध फोनहरु मन नपरेको हुनाले आइफोन बनाउने उत्प्रेरणा मिलेको थियो तर अब म आफुले बनाएको आइफोनबाट सन्तुष्ट छैन ।” उनका अनुसार आइफोनको उत्तम प्रयोगका साथै दुरुपयोग पनि हुने गरेको बताए ।
आइफोन निरन्तर रुपले प्रयोग गर्नु नै यसको दुरुपयोग गर्नु हो । यो दुरूपयोग रोक्नका लागि उनले अर्को डिजाइनको कल्पना गरिरहेको पनि खुलासा भएको छ । प्रबिधि उद्योगका सर्जकहरु आफैले सिर्जना गरेको प्रविधिप्रति घृणागरेको यो घटना पहिलोपटका भने होइन । हालै मात्र फेसबुकको लाइक फिचरका सर्जक जस्टिन रोजेन्स्टेइनले स्मार्टफोनका एपहरुप्रतिको लत लागेको भन्दै आफ्नो सम्पूर्ण एपहरुलाई निषेध गरेको घोषणा गरेका थिए ।