छोरीलाई दाईजोमा सर्प दिने अनौठो प्रथा: सर्प नदिए बिहे नहुने…

एजेन्सी, सामान्यतया जो कोहीलाई पनि थाहा छ कि छोरीको बिहेमा दाईजो दिने प्रथा परापूर्वकालदेखि चलीआएको चलन हो भनेर। साथै दाइजोमा विभिन्न थरीका मुल्यवान बस्तुहरु दिईने गरिन्छ तर सर्प दाइजो दिईन्छ भन्दा जो-कोहीलाई पनि अचम्म लाग्न सक्छ।

यस्तो प्रचलन छिमेकी देश भारतको मध्यप्रदेशस्थित गौरिया समुदाय अर्थात सपेरा समुदायहरुमा रही आएको छ। त्यहाँ छोरीको बिहेमा २१ वटा सर्प दिने प्रचलन रहेको छ। छोरीको विवाह हुने पक्का भए लगतै छोरीको पिताले २१ वटा सर्प खोजि सगुनको रुपमा दिने गर्छन् । सर्प दाइजो दिनुको मुख्य उद्देश्य भनेको ज्वाइँले तिनै सर्प नचाएर आफ्नो छोरीलाई पाल्न सक्ने विश्वास छ। यदि समयमा नै २१ वटा सर्प खोज्न नसके समयमा नै बिवाह नहुने चलन यो समुदायमा रहेको छ।

प्रकाशित : सोमबार, असोज २३, २०७४१५:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साङ्लोको अचार बेचेर करोडपति, मासुभन्दा पनि महँगो