एजेन्सी, प्रियंका पाण्डे नामकी एक महिलाले आफ्नै श्रीमान सुजित कुमार पाण्डेको हत्या गरेकी छिन् । दशैँमा श्रीमतीसंगै ससुराली गएका पाण्डेले दुर्गा पुजा सकिएपछि आफ्नो श्रीमतीलाई घर जाउ भनेका थिए। श्रीमानले घर जाउ भनेकै कारण प्रियंकाले झगडा गरि सुजितको हत्या गरेको भारतीय प्रहरीको बयानमा खुलेको हो ।
उनले चक्कु प्रहर गरि श्रीमानको हत्या गरेकी थिइन्। त्यसपछि चक्कु सफा गर्री किचनमा राखेर फरार भएकी थिइन् । उनी फरार हुँदा उनका सुजित जिवितै थिए । प्रियंकाको परिवारले सुजितलाई घाइते अवस्थामा देखेपछि अस्पताल लिएर गएका थिए । तर, अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो । अहिले फरार भएकी प्रियंका पक्राउ परेकी छिन्। पक्राउ परेपछि प्रियंकाले आफूले सुजितलाई मार्छु भनेर नमारेको र झगडा हुँदा सुजित आफैं चक्कुमाथि लडेर मरेको बताएकी थिइन् । तर प्रहरीले कडाइका साथ प्रश्न गरेपछि उनले घटनाबारे यथार्थ कुरा बताएकी थिइन्। यो घटना भारतको बिहार लखीसराय जिल्लामा भएको हो।