दशैँ उमङ्गका साथ मनाइयो, काठमाडौँमा चहलपहल बढ्यो

काठमाडौँ,  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । आज स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् ।

 

बडादशैँको दशौँ दिन आज राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा आज टीकापछि चहलपहल बढेको छ । आज दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे । दुई-तीन दिनदेखि उपत्यका सुनसान भएपनि आज बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् ।

प्रकाशित : शनिबार, असोज १४, २०७४२२:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुष्ट ग्रह मंगलले आफ्नो राशी परिवर्तन गर्यो: यी राशी हुनेरुलाई यस्तो खतरा हुने