प्रति लिटर १५ लाख रुपैया पर्ने यो जीवको रगत अमुल्य, यस्तो छ यसको महत्व

एजेन्सी, विशेष प्रजातिका गंगटोको चिकित्सा विज्ञानमा छुट्टै महत्व रहेको छ । यो गंगटो पानीमा पाइन्छ भने यसको नाम “हर्स शु क्राब” र वैज्ञानिक भाषामा यसलाई “लिमुलस पोलीफेमस” पनि भनिन्छ । यो प्रजातिको गंगटोको अस्तित्व करोडौ वर्षदेखि रहेको पाईएको छ । यो जीवको रगत निलो हुनुका साथै यसको रगतमा तामायुक्त हेमोसायनिन तत्व हुन्छ ।

यसको रगतमा भएको तत्वले मानवजातिको जिउमा रहेको खतरनाक ब्याक्टेरिया पहिचान गर्न सकिन्छ। सोहि कारण यो जीवले हरेक वर्ष ५ लाखभन्दा धेरै ज्यान गुमाईरहनु परेको छ । त्यति मात्र नभईबिरामी मानिसको शरीरमा सुई मार्फत पठाई विभिन्न औषधिहरुको दुष्प्रभाव पत्ता लगाउन यसको रगत एकदम महत्वपूर्ण हुन्छ । यसको रगत यसको रगत १५ हजार डलर अर्थात् करिब १५ लाख रुपैया पर्दछ ।

प्रकाशित : शुक्रबार, असोज ०६, २०७४१५:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक बोतल पानीकै १ करोड रुपैयाँ