Uncategorized

गाउँलेको सुरक्षाका लागि एकाएक हतियारसहित परिचालन भयो नेपाली सेना र प्रहरी !

अर्घाखाँची, ३१ असोज । अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ । पटक पटक चितुवाको आक्रमण परेपछि अर्घाखाँचीका बासिन्दा अत्यन्तै त्रसित बनेका छन् । दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन । स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए।

चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबारदेखि चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ।

गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर का ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालिन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए।

चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला बनको टोली परिचालन गरिएको छ।

जिल्लामा गएको ३ वर्षभित्र १४ जना वालावालिकालाइ चितुवाले आक्रमण गरेको छ । जस्का कारण ८ जनाको ज्यान गयो। विद्यालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन।

प्रकाशित : शनिबार, भदौ ३१, २०७४०७:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :