एजेन्सी, भारतमा एक युवकले भाउजुको एकतर्फी प्रेममा परि आफ्नै दाईको हत्या गरेका छन् । भारतिय मिडियाका अनुसार आफ्नै दाईको हत्या गर्ने युवकको सन्दिप कुमार हुन् । सन्दीपले आफ्नै मामाका छोरा विवेकानन्द सावलाई जिउदै खाल्डोमा पुरेर मारेका हुन् ।
उनलाई अहिले दाई मरेको अभियोगमा पक्राउ गरेको बताइएको छ । प्रहरीसँगको बयानमा हत्यारा सन्दिपले आफुलाई भाउजु निकै मन परेको र भाउजु पाउनकै लागि दाईको हत्या गरेको बताएका छन् । उनले दाई विवेकानन्दलाई रक्सि खुवाउछु भन्दै जंगलमा लागेका थिए। त्यसपछि डोजर चालक मोहम्मद शब्बीरसँग मिलेर जिउँदै खाल्डोमा हाली पुरिदिएको बताइएको छ । यस घटनामा मृतक विवेकानन्दकी पत्नीको कुनै संलग्नता नरहेको प्रहरी अनुसन्धानले जनाएको छ। भाउजुको एकतर्फी मायामा पागल भएका उनले केही दिनअघि आफ्नो हातको नशा पनि काटेको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ ।