मानिस पोल्ने चिहानमा ‘द न्यु लक्की’ नामक रेस्टुरेन्ट, यस्तो छ रहस्य

एजेन्सी, झट्ट सुन्दा जो-कोहि पनि डराउने गर्छन भारतको गुजरातस्थित अहमदावादमा रहेको एक रेस्टुरेन्टको कहानी सुनेर । उक्त रेस्टुरेन्ट ४५ वर्ष अघि बनेको थियो। ‘द न्यु लक्की’ नाम रहेको यो रेस्टुरेन्ट मानिस पोल्ने छिन् चिहानमाथि बनेको हो। सुरुमा चिहानको छेउमा बनेको यो चिहान पछिल्लो समय २६ वटा चिहानमाथि बनेको छ।

यसअघि यो रेष्टुरेन्टमा मानिसहरु छिर्नेबित्तिकै जो कोहि डराउने गर्दथे। तर अहिले उक्त रेस्टुरेन्ट पर्यटकीय स्थल नै बनेको छ।  चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिने पहिचान नै बनेको छ ।

यो चिया पसल एक टपरीबाट सुरु भएको थियो । अहिले चाहिँ दैनिक थुप्रै मानिसहरु यहाँ चिहानको बीचमा बसेर चियाको पिउदै मज्जा लिइरहेको देखिन्छ । मानिसहरुबीच चर्चित बनिरहेको यो चिया पसलमा  ग्राहकको संख्या बढेसँगै चियापसलको आकार पनि बढ्दै जाँदा यसले चिहान भएको क्षेत्रलाई समेटेर पसलभित्रै चिहान पनि अटाए ।

प्रकाशित : बिहिबार, भदौ २९, २०७४१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

८ महिनाकी गर्भवती महिला फेसन विकको र्‍याम्पमा उत्रिएपछि…