बलात्कारी बाबाको अर्को ठुलो रहस्य: हनीप्रीतले सुहागरात मनाउदै गर्दा यस्तो गर्थे…

एजेन्सी, भारतीय बलात्कारी बाबा राम रहिमलाई अदालतले दोषी ठहर गरेपछि अहिले उनि जेलमा आफ्नो गल्तिको सजाय भोग्दै छन् । बाबालाई जेल सजाय सुनाउनासाथ उनकी प्यारी छोरी भनिने हनिप्रित पनि बाबासँगै जेल जान तम्सिएकी थिइन्। तर उनलाई जेलका प्रमुख अधिकारीले जेलमा बस्न अस्विकार गरेका थिए । त्यसपछि गायब भएकी हनिप्रितको बारेमा अहिले बाबाका छोरा जसमितका साला भूपेन्द्र गोराले अर्को नयाँ कुरा खुलासा गरेका छन् ।

भूपेन्द्रको अनुसार बाबा रामरहिमले नै हनिप्रितको विवाह विश्वास गुप्तासँग गरिदिएका थिए। तर बाबाले हनिप्रित र विश्वासलाई सुहागरात मनाउन भने नदिएको भूपेन्द्रले बताएका छन् । साथै बाबाले विश्वासको घर गएर हनीप्रीतलाई सुहागरातका बेला आफ्ना पतिबाट छुटाएर लगेको खुलासा भएको छ ।

बाबा विदेश भ्रमण जाँदा पनि आफ्नी श्रीमतीलाई नलगी हनीप्रीतलाई नै लाने गरेको भुपेन्द्रले बताएको छ । उनले बाबा अफीम र मादकपदार्थको पनि निकै सौखिन रहेको कुरा बताएका छन् । एकाएक गायब भएकी हनिप्रित अहिले मुम्बईमा नै हुनसक्ने भूपेन्द्रले बताएका छन् । बाबाले हनीप्रीतको नाममा मुम्बईमा केही फ्ल्याट किनेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित : सोमबार, भदौ २६, २०७४१८:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अँग्रेजी बोलेको भन्दै एक युवालाई पाँच जनाको समुहद्वारा कुटपिट