डीजेको धुनमा डान्स गर्दा-गर्दै १२ वर्षीय यी बालिकाको हालत यस्तो भयो…

एजेन्सी, उत्तर प्रदेशको इलाहाबादमा शुक्रबार डीजेको धुनमा १२ वर्षीया बालिका नाच्दै थिइन्। डान्स गर्दै गर्दा अचानक उनको कपाल जेनेरेटरमा फस्यो। जसबाट उनको टाउकोको कपालसहित बाक्लो छाला बाहिर निस्केको छ ।अरुलाई मनोरञ्जन दिन खोजेकी ती बालिकाले झन्डै आफ्नो ज्यान गुमाईनन । यो घटना भारतको इलाशाबादस्थित मेजा थाना भन्ने स्थानमा भएको हो ।

घाइते भएकी बालिकाको नाम हेमा यादव हो। शुक्रबार धामको यात्राका लागि जान लागेका भक्तजनलाई गाउँका केही व्यक्तिले विदाई गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरेका थिए। उक्त कार्यक्रममा हेमाले डान्स गर्दै थिइन्। डान्स गर्दै गर्दा यादव पछाडि चलिरहेको जेनेरेटर नजिकै पुगिन । उनि डान्समा यती यती मस्त थिइन की उनले आफ्नो कपाल जेनेरेटरमा पुगेकी पनि थाहाँ पाइनन्।

अहिले ती हेमाको आइसीयूमा उपचार भइरहेको अस्पताललाई उद्दत गर्दै अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन्।उनीमाथि त्यस्तो घटना भएपछि त्यहाँ भएका दर्शकहरु आत्तिएका थिए भने केही व्यक्तिले उनलाई तुरुन्त अस्पताल पुर्याएका हुन्।

प्रकाशित : आइतबार, भदौ २५, २०७४१३:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पितृको तस्बिर पूजा कोठामा कहिल्यै पनि नराख्नुहोस्, यस्तो संकट निम्त्याउछ