एजेन्सी, हराएको समान भेटिदा जो-कोहि मानिसहरु खुसि हुने गर्छन । अझ महँगो समान हराउएर पनि भेटिदा कसको मन खुसि नहोला र । दक्षिण–पश्चिम चीनको चोङक्विङका वाङ थर भएको एक युवक पनि आफ्नो महँगो हराएको समान भेटिदा खुसि मात्रै भएनन्। उनले आफ्नो खुसि ५ हजार जना व्यक्तिहरुलाई समेत बाढेका छन् ।
चोङक्विङका वाङ थर भएका ति युवकले ४५ हजार डलर पर्ने हिराको औठी किनेका थिए। उनले उक्त औठी आफ्नो प्रेमिकालाई सरप्राइज दिन चाहन्थे र उनीहरुको छिट्टै इन्गेजमेन्ट पनि हुदै थियो । स्वयम्बरको औंठी कति मूल्यवान हुन्छ भन्ने कुरा यी चिनियाँ व्यक्तिले पुष्टि गरेका छन् ।
ति युवक एक होटलमा लन्च खाइरहेको समयमा प्रेमिकाको फोन आएपछि उनि त्यहाँबाट बाहिर गएका थिए। र पछि उनि फर्केर आउँदा त्यहाँ औंठी सहितको ब्याग नै थिएन । औंठी हराएपछि उनि निकै चिन्तित भएका थिए। अन्तत: उनले लन्च गरेको होटेलमा एक ग्राहकले होटलका म्यानेजरलाई हराएको औंठीको ब्याग बुझाएका थिए। त्यसपछि वाङले आफ्नो औंठी भेटेका थिए । उनले यही उपलक्ष्यमा उक्त होटलमा ५ हजार प्लेट चाउमिन सबैलाई सित्तैमा खुवाउने व्यवस्था मिलाएका हुन् ।