जनकपुर, केहि समयअघि भारतमा महिलाहरुको चुल्ठो काटिएको खबर बाहिरिएको थियो। त्यसपछि यो घटना नेपालको तराई क्षेत्रमा पनि भयो । धनुषा, जनकपुरसहित तराईका अरु जिल्लाहरुमा महिलाको चुल्ठो रहस्यमयी तरिकाले काटिन थालेको थियो । अहिले यो घटनाको रहस्य खुलेको छ, रहस्यमयी तरिकाले कपाल काट्ने अरु कोहि नभएर एक अनौठो प्रकारको किरा भएको खुलेको छ।
यो अनौठो किरा जनकपुर उप-महानगरपालिकाको रामपुरमा भेट्टीएको छ। अहिले जनकपुरमा ‘कपाल काट्ने किरा’ हेर्नेको भीड लागेको छ । मंगलवार स्थानीय वासिन्दाहरुले केशमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको किरा फेला पारेका छन् ।
स्थानिय बासिन्दाहरुले अनौठो प्रकारको गन्ध आउने किरा समाएर एउटा डब्बामा राखी गाडेका थिए। तर पछि जनकपुरका पत्रकार विकास साह घटना स्थलमा पुगेर किरा उत्खनन गरेर निकालेका थिए । उक्त कीरालाई ठुल्लो बट्टामा हालेर राखिएको अवस्थामा राति १ बजेतिर मरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी लालमणि आचार्यले बताएका छन् । एसपी आचार्यका अनुसार किरा जिल्ला प्रहरी कार्यालय ल्याइएको र सो बारेमा किरा अनुसन्धानकर्ताहरुलाई जानकारी गराइएको बताएका छन् ।