एजेन्सी, बेलायतको महिला फुटबल प्रशंसकले आफुलाई बेलायती सुरक्षा अधिकारीले ब्रा देखाउ भनेको भन्दै आरोप लगाएकी छिन्। उनि बेलायतको लेमेक्स स्टेडियममा गएकी थिइन्। त्यस स्टेडियम भित्रका क्लबले महिला र युवा प्रशंसकलाई प्रयोग गरेर प्रतिबन्धित सामान भित्र लैजाने आशंकामा चेकजाँच गरेको हुनसक्ने बिबिसीले छापेको छ ।
सुरक्षाकर्मीले उनलाई ‘ब्रा हेर्न सक्छौ ?’ भनेर प्रश्न सोधेपछि महिला अधिकारकर्मीहरुले यसबारे बिरोध जनाएका थिए। त्यसपछि उनीहरुले यस विषयलाई बाहिर ल्याएकी थिए ।
यद्यपी, आरोपको विषयमा क्लबले सिसिटीभी फुटेजको अनुसन्धान गरिरहेको र घटनाको सत्यतथ्य छिटै नै बाहिर ल्याउने जनाएको छ ।