काठमाडौं, भदौ – प्रेम एक माया अभिव्यक्त गर्ने सुन्दर माध्यम हो। सायद, आजभोलि प्रेममा नपर्ने मानिस बिरलै भेटिएलानन्।
खासगरी प्रेममा परेको मानिसको हाउभाउ र चालढाल अन्य मानिसको भन्दा भिन्न हुने गर्छ। प्रेमले महिला होस् या पुरुष दुवैको व्यवहार परिवर्तन ल्याइदिन्छ। आज हामि तपाईलाई प्रेममा परेका केटाहरूले देखाउने ३ लक्षणका बारेमा बताउन गैरहेका छौं।
केटाहरू प्रेममा परे नपरेको थाहा पाउने ३ सुत्र यसप्रकार छन्:
१. तपाइको मन पर्ने र नपर्ने कुरा जान्न खोज्नु: तपाईको केटा साथीले तपाईसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चाहन्छ ।
२. तपाईको भलो सोच्नु
केही कुरा तपाई सुन्नै चाहनु हुँदैन तर केटा साथीले त्यही कुरा भन्छ । तपाईको हितका लागि उसले प्रस्ट कुरा गरेर साँचो भावना देखाएको हो । ऊ तपाईलाई प्रेम गर्छ ।
३. खुलस्त रुपमा कुरा गर्नु
पुरुषले संसारसमक्ष आफ्नो डर देखाउन चाहँदैनन् । तर प्रेममा परेपछि केटा साथीले मनमा लुकेको डर पनि बताइदिन्छन् । प्रेममा परेको केटा आफ्ना साथीहरूसँग गायब हुँदैन । घुम्ने योजना बनाएपनि प्रेमिकालाई प्रस्ट बताइदिन्छन् । यसो गर्नु प्रेमको सुमधुर लक्षण हो ।