वर्षौदेखि उपत्यकाको सडकपेटीमा चिया बेच्दै आएकी मनमायाको सरकारप्रति यस्तो गुनासो-[भिडियो]

उपत्यकामा चिया व्यापार गरेर जीवन धान्ने महिलाहरुको संख्या धेरै छ । उनीहरु घाम, पानिको कुनै प्रवाह नगरी चिया बेचेर नै कठिन जीवन जिउन बाध्य भएका छन् । 

 

काठमाडौं, २ भदौ । जतिसुकै चर्को घाम भएपनि बादल गर्जेर पानी पर्न लागेको भएपनि जुनसुकै समयमा काम नगरी जीवन गुजारा गर्न गाह्रो छ, केही महिलाहरूलाई । सानो काम गर्न लजाउने हाम्रो समाजमा उदाहरणीय बनेका छन् यी महिलाहरू, जसले न त लाज नै मान्दछन्, न गाह्रो, अप्ठ्यारो मान्दछन् । भदौको टन्टलापुर घाम, रोडमा धुला, धुँवामा पनि आगोको रापमा चिया, पुरी, तरकार पकाउँदै बेच्दै जीवन धान्दै आइरहेका छन् कति महिलाहरु ।

उमेर भएका महिलाहरु अझै पनि पनि विदेश गइरहेका छन् । तर नपालमा नै गरे सबै काम हुन्छ भन्ने केहि महिलाहरु गल्लि गल्लिमा पनि व्यवसाय गर्दै आएका छन् । त्यस्तै ललितपुरको पुल्चोक बस्ने ७५ वर्षीया राधादेवी मगर ४० वर्षदेखि चिया व्यापार गर्दै आइरहेकि छिन् । ५ छोराछोरी भएकी राधादेवी कान्छी छोरीसँगै बस्दै आएकी छिन् । जावलाखेल पाटीमा उनी रात कटाउँछिन् । उनिसँगै उनको अपांग भएकी कान्छी छोरी पनि सँगै बस्दै आएकी छिन् । श्रीमान्को मृत्यु पछि उनि अहिले छोरीसँगै बस्दै आएकी हुन्।

जति झरी त्यति नै विक्रि

उनले दैनिक ३० देखि ४० पोका दुधको चिया विक्रि गर्दै आएकी छिन् । बिहानै चार बजे उठेर ललितपुर पुल्चोकमा आउँछिन् दिनभरी उनको दैनिकि नै चिया पकाउने भएको छ । चिया पकाउँदै बेच्दै गर्ने उनको दिनचर्या बनिसक्यो ।पानी परेको समयमा त झन् चिया विक्रि हुन्छ त्यसैले त्यो समयमा त झन् धेरै व्यापार गर्न व्यस्त हुन्छन् यि महिलाहरु । बिहानैदेखि बेलुकी छ बजेसम्म चिया पकाउन भ्याई नभ्याई हुन्छ, उनलाई । त्यस्तै यता दोलखाकी मनमाया खड्का पनि कोटेश्वरमा चिया बेचेरै दिनमा रु ५०० आम्दानी गर्ने उनको जीवनगुजारा चिया व्यापारबाट नै चल्दै आइरहेको छ । एक कप चियालाई २० रुपैयामा विक्रि गर्दै आएकि छिन् उनी ।

१४ वर्षदेखि कोटेश्वरको सडकपेटीमा चिया बेच्दै मनमाया :

क्यामेरा देखेर लजाउदै मनमाया खड्का।

१४ वर्षदेखि कोटेश्वरमा चिया पकाउँदै आइरहेकि मनमायाका दुई छोरा र एक छोरी छन् । ४ वर्ष अगाडि उनको श्रीमान्को मृत्यु भयो । जीवनमा मानिसले फरक फरक पेशा अपनाउँछन् तञ पनि उनले बाध्यताले ठूलो पसल खोल्ने रहर भए पनि पैसाको अभावले उनले थोरै रकममा रोडमा चिया व्यापार गर्न थालिन् । यसअघि श्रीमान् र उनी एकै पेशा गर्दै जीवन निर्वाह गर्दै आएका थिए । उनले विहान चिया पकाउने र दिउँसो ज्यामि काम गर्ने काम गर्दैै आइरहेकि थिइन् तर अहिले उमेर बढ्दै जाँदा चियासँगै पुरी, तरकारी पकाउने काम थपिन् ।

उनले अहिले ज्यामी काम गर्न छोडेकि छिन् । उनले भनिन्, अब त अरु काम नै गर्न सकिन्न । उमेर बढ्दै गयो काम गर्ने उमेर नै छैन भएपनि सक्दिन । दुई छोरा पनि आफ्नै परिवार पाल्न व्यस्त छन्, उनि आफ्नो जीवन आफै धान्दै आएकि छिन् । उनी भन्छिन्, “ चिया व्यवसाय निरन्तर चलिरहने व्यवसाय हो । ”

थोरै लगानीः राम्रो आम्दानी

“ खाँसै पकाउन पनि झन्झट हुँदैन, सबै समयमा चियाको माग हु्न्छ, त्यसैले यहि चिया व्यवसाय गर्दै आएको हुँ । ” कतिपयलाई जीवन चलाउन नै गाह्रो हुन्छ । जीवनमा दुख सुख आई नै रहन्छ । बैदेशिक रोजगारीका लागि दिनहुँजसो महिलाहरू विदेसिने क्रम बढिरहेको छ । तर इच्छा र चाहना हुने हो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने कुराका अनेकौं उदाहरण छन्, हाम्रो समाजमा । नराम्रो काम गर्नु हुँदैन र काम गरेर खान लाज मान्नु पनि हुँदैन । यस्ता धेरै महिलाहरू छन्, जो दुःखका साथ जीवन गुजारा गर्दै आइरहेका छन् ।खड्काले भनिन्,

“ विहानैदेखि आएर चिया पकाउँछु ११ बजे कोठा जान्छु । विहान ग्याँस बोकेर ल्याउँनुपर्छ गाह्रो हुन्छ
। तर काम गरेर खानुपर्छ,उमेर बढ्दै गएकाले मैले अरु काम गर्न सक्दिन सुरु देखि नै यहि काम गरे
त्यसैले यहि मनपर्छ । ”

उनि भन्छिन्, खानुपर्छ काम त गर्नुपरि गयो नि । दैनिक कति आम्दानी हुन्छ भन्ने नै हुँदैन । कहिले धेरै हुन्छ त कहिले कम । नगरपालिकाले आएर लखाट्छ त्यसैले भाग्नुपर्छ, सरकारले त केहि गर्दैन हामी जस्तो गरिवलाई उनले सुनाइन् ।
छोरीले पनि दुईवटा बच्चा पाएपछि ज्वाई, सानो नाति र उनलाई छोडेर अन्तै हिँडिन् । हाल उनी त्यही व्यापारको आम्दानीले नातिलाई पढाइरहेकी छिन् । साथै उनी भन्छिन्, ‘‘नगरपालिकाले धेरै सामान राख्न दिँदैन, आएको बेलामा भाग्नुपर्छ त्यसैले थोरै सामान राखेर बिक्री गर्ने गरेको छु ।”

प्रकाशित : शुक्रबार, भदौ ०२, २०७४१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :