प्रतिकुल अवस्थामा पनि नमर्ने, भेटियाे रहस्यमय जीव

बीबीसी । आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ ।

एक मिलिमिटर वा त्योभन्दा पनि सानो आकारको यो जीव विकिरणयुक्त क्षेत्र, अत्यधिक चिसो ठाउँ, खतरनाक सुख्खा ठाउँमा मात्र होइन, अन्तरीक्षणमा समेत बाँच्न सक्दछ भनिन्छ ।

शोधकर्ताहरुले यसका दुईवटा प्रजातिहरुको डिएनए डिकोड गरेका छन् र यस जीवमा एउटा जिन पत्ता लगाएका छन् । सोही जिनका कारण यो जीवले निकै प्रतिकुल वातावरणमा पनि आफूलाई बँचाइराख्न सक्दछ र पुनः तंग्रिएर उठ्दछ ।

यो जीवनलाई पृथ्वीको सबैभन्दा जुझारु जीवन सोही कारण मानिएको छ । यसको जिउको आकारका कारण यसलाई पानीको भालु पनि भनिन्छ ।

पृथ्वीमा जस्तो सुकै प्रलय भएर अरु सबै जीवजन्तु मरे पनि यो पानीभालु चाहिँ बाँचिरहने वैज्ञनिकहरूाे दाबी छ ।

यो जीव प्रायः जलाशय सुकेर सुख्खा बनेका क्षेत्रमा पनि पाइन्छ । यसले निकै सुख्खा वातावरणमा पनि आफूलाई ज्यूँदै राख्दछ र वर्षौंपछि सुख्खा ठाउँमा पानी भरिँदा पुनः उठ्ने क्षमता विकशित गरेको हुन्छ ।

वैज्ञानिकहरुले, उटा विशेष जिनकाे कारण याे जीवमा यस्तो असाधारण क्षमता भएकाे बताएका छन् । उक्त जिन सुख्खा परिस्थितमा पनि सक्रिय हुन सक्छ र यस जीवको कोशिकाहरुले पानीको ठाउँ लिन्छ । जब सुख्खा ठाउँमा पानी पर्दछ तब उक्त जिन निस्क्रिय हुन्छ र शरीरका कोशिकाहरुमा पुनः पानी भरिन्छ ।

 

प्रकाशित : बुधबार, साउन ३२, २०७४०८:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह भएको ४ दिनपछि खुल्यो यी युवतीको पोल