चिनले हिमालमा बस्ने नेपालीहरुको लागि दियो यस्तो निकै खुशीको खबर

मुगु, १९ साउन – चीन सरकारले आफ्नो सिमानासँग जोडिएका नेपालका उत्तरी नाकाका हिमाली जिल्लालाई विगत वर्षहरुमा झैँ यस वर्ष पनि खाद्यान्न सहयोग गरेको छ ।

मुगु जिल्लाको चीनसँगको सिमाना नाक्चे लाग्नाबाट एक घण्टा टाढा चीनको हयाजिमार भन्ने क्षेत्रमा आज चिनियाँ प्रतिनिधिले मुगुम कार्मारोङ गाउँपालिका वडा नं १ देखि ९ सम्मका घरधुरीलाई खाद्यान्न वितरण गरेका हुन् । सो गाउँपालिकामा रहेका सबै वडा, बस्ती चीनको सिमानासँग जोडिएका छन् भने यो क्षेत्रमा सबै कार्मारोङ र मुगाल जनजातिको बसोबास रहेको छ ।

मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख छिरिङ क्याप्ने लामाका अनुसार चीन सरकारले ९०० क्विन्टल चामल, ९०० क्विन्टल उवा, ७०० क्विन्टल मैदा, २०० क्विन्टल चिनी, तीन हजार ५०० लिटर खानेतेल, दुई क्विन्टल चिया र २०० क्विन्टल नून सहयोग गरेको छ ।

चीन सरकारले खाद्यान्न सहयोग गर्ने भएपछि स्थानीयवासी खाद्यान्न बोकेर ल्याउन घरमा भएका चौँरी, भेडा तथा घोडा लिएर वितरणस्थलमा पुगेका छन् । सहयोग भएको खाद्यान्न दामासाहीका हिसाबले प्रत्येक घरधुरीलाई वितरण गरिएको पनि गाउँपालिकाले जनाएको छ । विगत वर्षहरुमा साविकको जिविसका प्रतिनिधिलाई चीन सरकारले खाद्यान्न बुझाउँथ्यो यो वर्ष चीन सरकारले स्थानीय तहका प्रतिनिधिलाई खाद्यान्न बुझाएको छ ।

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री भएका बेलादेखि चीन सरकारले हिमाली जिल्लाका स्थानीयवासीलाई प्रत्येक वर्ष खाद्यान्न सहयोग गर्दै आएको छ ।

प्रकाशित : बिहिबार, साउन १९, २०७४१४:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चिनबाट आयो नेपालका लागि गौरवको कुरा: नेपाली प्राध्यापक झा चिनको अर्धसरकारी संस्थाको उच्च पदमा नियुक्त