विवाह भएको केहि समयमै बेहुलीले बेहुलाको शिरमा पेस्तोल चलाएपछि

एजेन्सी, अमेरिकाको टेनेसी प्रान्तमा पुलिसले एक बेहुलीलाई गिरफ्तार गरेको छ । ति महिलाले विवाह गरेको केहि दिनपछि बेहुलाको टाउकोमा पेस्तोल राखेर ट्रिगर तानेकी थिइन् । २५ वर्षीय केट एलिज़ाबेथ प्रिचार्डलाई बेहुलीको ड्रेसमा पुलिसले  मरफ्रेसबोरोको एक मोटेलबाट हिरासतमा लिए । यो घटना ३१ जुलाई को हो। एलिजाबेथको कथित मागमा विवाह भएपछि आफ्नो बेहुलाको टाउकोमा ९ मिमिको पेस्तोल राखेर ट्रिगर दबाएकी थिइन्। तर पेस्तोलमा गोलि भने भरिएको थिएन । त्यसपछि एलिजाबेथले पेस्तोलमा गोलि भरेर हावामा धेरै गोलि चलाएकी थिइन्।

हावामा गरिएको फायरिंगबाट त्यहाँ डरलाग्दो माहोल बन्यो र मान्छेहरु भागाभाग गरे। पुलिसलाई त्यहाँ पुगेका प्रत्यक्षदर्शीहरुले घटनाको बारेमा बयान दिए । उनीहरुले पुलिसलाई बताए कि नवविवाहित जोडीले वाइन खाइरहेका थिए र पछि झगडा गर्न लागे। पुलिस सार्जेट कायले इवांसले स्थानीय मिडियालाई बताए, ‘उसले (बेहुली) आफ्नो बिहेको ड्रेसबाट ९ मिमिको पेस्तोल निकालिन् र आफ्नो नँया श्रीमानको टाउकोमा राखेर ट्रिगर तानेकी थिइन् । तर गोलि हावामा चलाएको हुनाले केहि नभएको उनले बताएको छ।

प्रकाशित : बिहिबार, साउन १९, २०७४१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थाहा पाउनुहोस ८ देश जहाँ छ विचित्र ड्राइभिंग नियम