‘म साँच्चिकै हराइछु’ सार्वजनिक

काठमाडौँ, १८ साउन – साहित्यकार इल्या भट्टराईद्वारा लिखित ‘म साँच्चिकै हराइछु’ नामक यात्रा संस्मरण सार्वजनिक भएको छ ।

लेखिका भट्टराईले सन् १९९० मा बेलायतमा गरेको यात्रालाई संस्मरणका रूपमा प्रकाशन गर्नुभएको हो । नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारणसभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरेले सो यात्रा संस्मरण पुस्तक आज सार्वजनिक गर्नुभयो । यात्रा संस्मरणलाई अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशनले प्रकाशन गरेको हो । उपकुलपति डा घिमिरेले नेपाली साहित्यलाई विश्वका कुनाकुनामा पु¥याउन नेपाली साहित्यकारकै योगदान रहेको बताउनुभयो ।

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरकी अध्यक्ष तथा कृत्रिकी लेखिका भट्टराईले बेलायतका सिर्जित नेपाली साहित्यको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सन् १०९५ मा बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेको स्थापना गरिएको जानकारी दिनुभयो ।

साहित्यकार भट्टराईका ‘मन मनै त हो’ ‘निःशब्द प्रश्नहरू’ र ‘जीवनका रङ्गहरू’ (कथा संग्रह) तथा ‘लफबराको वरिपरि’ (नियात्रा) कृति सार्वजनिक भइसकेका छन् ।

प्रकाशित : बुधबार, साउन १८, २०७४१८:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेनको ‘शहीदको रगत’ सार्वजनिक