एजेन्सी- आगामी सेप्टेम्बरमा जमर्नीको बर्लिनमा आयोजना हुने आइइएम फेस्टिबल अन्तर्गतको विश्वव्यापी फोटो प्रतियोगिताका लागि उत्कृष्ट १ सय तस्वीरहरु अन्तिम स्पर्धाका लागि छनोट भएका छन् ।
५ लाख ९० हजार फोटो मध्ये उत्कृष्ट १ सय फोटो छानिएको हो । अमेरिकाको उटाहस्थित भिमकाय खानी देखि, मेक्सिकोको समुद्रस्थित एक्लो डुंगा अनि जापानी पहाडमा टाँगिएको चम्किलो पाल देखि ढाकामा रेल चढ्ने रस्साकस्सी सम्मका तस्वीरहरु उत्कृष्ट विचित्र तस्वीर छानिएका छन ।वास्तुकला, बाहय वातावरण, फोटो पत्रकारिता, सडक फोटोग्राफी तथा पोट्रेट लगायतका विधामा उत्कृष्ट तस्वीरहरुलाई अवार्ड दिइनेछ ।
यिनै हुन् केहि तस्बिरहरु जुन उत्कृष्ट १०० मध्ये परेका छन् :