एजेन्सी -जिब्रोको आकार र मोटाई हेरेरै व्यक्तिको व्यक्तित्व तथा स्वभाव यसरी जान्न सकिन्छ। यो ठुलो सोध र ज्योतिष शास्त्रको खोजबाट निक्लिएको तथ्यपरक खोज हो ।
हेर्नुस् कस्तो जिब्रोको आकार हुने मानिस कस्ता खालका हुन्छन:
सानो जिब्रो:
यस्तो जिब्रो हुने मान्छे कम बोल्ने र शान्त स्वभावका हुन्छन । उनीहरुले हत्तपत्त अरुको कुरा काट्दैनन् ।
पातलो जिब्रो:
पातलो जिब्रो भएको मान्छे धेर बोल्छन् तर यिनीहरूको हृदय सफा हुन्छ । यी मान्छेहरू सिधा हुन्छन् र अर्कालाई चोट पु-याउँदैनन् ।
लामो जिब्रो:
लामो जिब्रो भएका मान्छे बुद्धिमान् हुन्छ । महिलाको लामो जिब्रो छ भने श्रीमानलाई औधी माया गर्छिन् ।
मोटो जिब्रो: मोटो जिब्रो भएको मान्छे रिसाहा, गनगन गर्नेखालको र झगडालु हुन्छन् । यस्तो मान्छेले घरमा शासन जमाएको हुन्छ ।
चुच्चो जिब्रो:
चुच्चो जिब्रो भएका मान्छे स्पष्टवक्ता र चलाख हुन्छन् । उनीहरू षड्यन्त्रको तानाबाना बुन्न र अर्काको विरोध गर्न चम्बु हुन्छन् ।
गोलो जिब्रो:
गोलो जिब्रो भएका मान्छे छलछाम गर्दैनन् र कमलो मुटु हुन्छन् ।
रातो जिब्रो:
रातो जिभ्रो भएको मान्छे अरूभन्दा फरकखाले हुन्छन् । यिनीहरू डरपोक हुन्छन् । आगोसँग यिनीहरू बहुतै डराउँछन् ।
सेतो जिब्रो:
सेतो जिब्रो हुनेहरु प्रेम गर्न चतुर हुन्छन् र समाजमा घुलमिल हुन सक्छन् । सेतो जिब्रो भएको महिलाले श्रीमानलाई औधी माया पनि गर्छन् ।