अभिनेत्रीको जस्तो शरीर बनाउनकै लागि यी युवतीले यस्तो सम्म गरिन्

एजेन्सी, भनिन्छ मानिसआफ्नो सोखको लागि जस्तोसुकै सिमा पार गर्न तयार हुन्छ। हो यस्तै गरेकी छिन् ब्राजिलमा बस्ने जेनिफर पैम्प्लोनाले पनि। उनले अमेरिकी मोडल किम कार्दशियन जस्तै देखिनको लागि शरीरको एक निश्चित भागमा ४ करोड खर्च गरेकी छिन्। साउ पाउलोमा बस्ने जेनिफरले बताईन, ‘मेरो एउटा मात्र लक्ष्य हो किम कार्दशियनको जस्तो शरीर प्राप्त गर्ने। यसको लागि जति पटक सर्जरी गर्नु परेपनि म तयार छु।’ जेनिफरले हालसम्म सर्जरी गर्दा ४ करोड ($५९०,०००) खर्च गरिसकेकी छिन्।

जेनिफरले पछिल्लो ७ वर्षमा २ पटक स्तन, ओठ, नाक र ४ वोटा करङहरुको सर्जरी गरिसकेको उनले बताईन । जेनिफरले आफु १७ वर्षको हुदा सर्जरी गर्न सुरु गरेकी थिइन् । जेनिफरले आफु बच्चैदेखि स्वस्थ भएको र जसको कारण मानिसहरु उनको मजाक उडाउने गरेको बताईन । त्यसपछि उनले आफैलाई बदल्ने फैसला गरेको बताईन । र जुन अहिलेसम्म जारी रहेको छ। साथै उनले यस्तो भनिन, ‘यस घटनापछि मेरो एउटा मात्र उद्देश्य थियो कि किम  कार्दशियनको जस्तो शरीर बनाउने। यसको लागि मैले सर्जरी गरे। र मैले मेरो शरीर किम जस्तै बनाए । अझै  राम्रो शरीर बनाउनको लागि मैले थप सर्जरी गर्नुपरे मा अझै पनि तयार छु।’

 

प्रकाशित : बुधबार, साउन ११, २०७४१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दाईले पाउनुपर्ने सजाय बहिनीले भोग्न बाध्य, परिवार सामू नै बलात्कार