चीनले बनायो यस्तो ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क !

काठमाडौँ, ११ साउन – अहिले विश्वभर साइबर क्राइम बढिरहेका बेला चीनले यस्तो सञ्चारको सञ्जाल (कम्युनिकेसन नेटवर्क) को आविष्कार गरेको छ जसलाई कुनै मानिसले ह्याक गर्न सक्ने छैन ।

चीनले विकाश गरेको क्वान्टम कम्युनिकेसन नेटवर्क सिस्टम विश्वमा सञ्चार प्रणालीको नयाँ कोशेढुंगा मानिएको छ ।सूचनाप्रविधिको तिव्रतर विकाससँगै बढेको साइबर असुरक्षाको जगजगीका बीच चीनले बनाएको ह्याक प्रुफ कम्युनिकेसन नेटवर्क पहिलोपटक जिनान सहरका सरकारी निकाय, वित्तिय संस्था तथा सैनिक गरी २ सय जनाले प्रयोग गर्नेछन् । गत महिना परीक्षण गरिसकिएको यो कम्युनिकेसन सिस्टम अगष्ट महिनादेखि व्यवसायिक प्रयोगमा आउने जिनान इन्स्टिच्यूट अफ क्वान्टम टेक्नोलोजीले जनाएकाे छ ।

यो नेटवर्कले मेसेज आदानप्रदानका लागि क्वान्टम की डिस्ट्रिब्यूसन प्रविधिको उपयोग गर्दछ । विद्यमान इन्टरनेट प्रविधि तथा टेलिफोनबाट हुने संचार ह्याक हुने, ट्याप गर्न तथा निगरानी गर्न सकिने भएपनि क्वान्टम संचार प्रणाली यस्तो जोखिमबाट पूर्णरुपमा सुरक्षित रहने बताइएको छ । विद्यमान संचार प्रणालीमा भन्दा फरक क्वान्टम नेटवर्कमा सन्देशहरु प्रकाश (पार्टिकल्स अफ लाइट) मा जोडिएर मार्फत प्रसार हुन्छन् ।

यदि कुनै तेश्रो पक्षले नेटवर्क ह्याक गर्ने प्रयास गर्यो भने पार्टिकल्स अफ लाइटको क्वान्टम चरित्रले संचारलाई बदलिदिन्छ र त्यसलाई रोकिदिन्छ । जसका कारण ह्याकरले मेसेज पढ्न वा त्यसमा हस्तक्षेप गर्न असम्भव हुन्छ ।जिनान इन्स्टिच्यूट अफ क्वान्टम टेक्नोलोजीका सह निर्देशक झोउ फेइले भनेका छन् : हामीले राष्ट्रिय प्रतिरक्षा, वित्त तथा अन्य क्षेत्रमा यो नेटवर्कको प्रयोग गर्ने योजना बनाएका छौँ । हामीलाई आशा छ यदि यो सफल भएमा यसलाई पाइलट प्रोग्रामको रुपमा प्रसार गर्दै चीनभरी तथा विश्वभर नै प्रयोग गर्न सकिनेछ ।

चीनको वैज्ञानिक उपलब्धीको सबैभन्दा पछिल्लो कडी हो क्वान्टम नेटवर्कको आविष्कार । यो महिनाको सुरुमा चीन सरकारले सन् २०३० सम्ममा देश आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विश्वमा अग्रणी बन्ने योजना सार्वजनिक गरेको थियो । स्मरण रहोस् चीनले सन् २०१४ देखि ह्याक प्रुफ कम्प्युटरको निर्माण गरिरहेको छ । गत वर्ष उसले ह्याक प्रुफ कम्युनिकेसन स्याटेलाइटह प्रक्षेपण गरेको थियो ।

चीनले पछिल्लो पटक विकाश गरेको क्वान्टम कम्युनिकेसन नेटवर्क बेइजिङ देखि सांघाइसम्म फैलिनेछ । जुन दुई हजार किलोमिटर लामो कम्युनिकेसन नेटवर्क विश्वमै सबैभन्दा लामो हो । यो नेटवर्क मेसज हबको रुपमा रहेको जिनान हुँदै अघि बढ्नेछ ।

 

प्रकाशित : बुधबार, साउन ११, २०७४१२:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बेरेर राख्‍न मिल्‍ने वाटरफ्रुफ कीबोर्ड, यस्ता छन् विशेषता