यी ४ वर्षीय बालक आफैले पुनर्जन्म पाएको भन्दै यस्तो सनसनीपूर्ण खुलासा गरेपछि…

एजेन्सी, भारतको हरियाणाको जिन्द इलाकास्थित जलालपुरा कलां गाउँमा एक बालकको पुनर्जन्म भएको दाबी गरिएको छ । ४ वर्ष पहिले जन्मिएका उक्त बालकको नाम लभिस हो । जब उनि बिस्तारै बोल्न थाले त्यसपछि उनको मुखबाट ‘रामरा’ भन्ने शब्द निस्कियो।

वास्तवमा रामरा एउटा गाउँको नाम हो, जुन ति बालक बस्ने स्थानबाट केहि टाढा पर्छ। साथै उनले आफ्नो आमाको नाम पनि ‘कमला’ भन्न थाले। वास्त्तवमा उनलाई जन्म दिने आमाको नाम भने कमला होइन । बालकले हरेक पटक बोल्दा अनौठो अर्थात् नचिनेको नाम लिन थालेपछि उनका परिवारले उनलाई लिएर ‘रामरा’ गाउँमा पुगे। अचम्म लाग्दो कुरा के छ भने लाभिस जन्मेदेखि एकपटक पनि नगएको गाउँमा उनि आफैले बाटो बताउदै अर्थात् उनकै सहारामा ‘रामरा’ गाउँ पुगेका थिए।  ‘रामरा’ गाउँ पुगेपछि उनले आफ्नो पुर्वजन्मको घर भन्दै एउटा घरलाई देखाए । जहाँ उनी सन्दीप नामका बालक थिए अरे । त्यहाँ गएर उनले आफ्नो घरका आमाबुवा तथा अरु सबै जनाको नाम पनि भने ।

त्यसपछि उनले सबै जनालाई खेतको उक्त ठाउँमा लगे जहाँ ११ वर्ष पहिले करेन्ट लागेर सन्दीपको मृत्यु भएको थियो ।वास्तवमा १४ वर्षका सन्दीपको सोही ठाउँमा ११ वर्षअघि करेन्ट लागेर मृत्यु भएको रहेछ । लभिसले आफुले तिनै सन्दीप नामक बालकको पुनर्जन्म भएको दाबी गरेका छन् । वास्तवमा विज्ञानले  पुनर्जन्मलाई नमाने पनि सन्दीपका परिवारले यो पुनर्जन्म नै हो भनेर  पूर्ण विश्वास गरेको छ  । साथै उनीहरु आफ्नो छोराले पुनर्जन्म पाएकोमा खुशी भएका छन्।

प्रकाशित : मङ्गलबार, साउन १०, २०७४१८:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० वर्षसम्म दाँत ब्रस नगर्दा यस्तो हालत