रुद्राक्ष लगाउनुका यस्ता छन् आस्चर्यचकित पर्ने ६ लाभ, वैज्ञानिक तथ्यले फेरी यस्तो भन्छ…

हाम्रो हिन्दु धार्मिक विधी र परम्परा अनुसार रुद्राक्षलाई निकै ठूलो महत्वका लिने गरिन्छ  । बिशेषगरी सन्तमहात्मा, ऋषि तथा योगीहरुले रुद्राक्ष पहिरिने गरेको हामीले देख्ने गरेका छौ । रुद्राक्षलाई भगवान संकरको नेत्र मान्ने पनि गरिन्छ।  यसकारण पनि हामीकहाँ रुद्राक्षको खेती तथा खरिद बिक्री पनि हुने गर्छ। तर, हामीलाई यसको खास महत्वको बारेमा बिशेष जानकारी नहुन पनि सक्छ                                                                                         के होला त यसको महत्व ?
हरेक धार्मिक विधी शरीर, मन र पर्यावरणसँग जोडिएको हुन्छ । रुद्राक्ष त्यस्तै फल हो, जसको धार्मिक महत्व त छँदैछ, आर्युवेदिक एवं प्राकृतिक महत्व पनि छ ।

फाइदा के ?
रुद्राक्षले पैदा गर्ने इलेक्ट्रोम्याग्नेटिक गुणले शरीरमा चिकित्सकीय उपचार हुन्छ । यसले हृदय रोग, उच्च रक्तचाप र कोलोस्टोर नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । यसले स्मरण क्षमता बढाउँछ । मधुमेह र मृगौला रोग नियन्त्रणमा पनि फाइदाजनक हुन्छ ।

के छ रुद्राक्षको धार्मिक महत्व ?
शिव पुराण अनुसार रुद्राक्ष भगवान शिवको कृपाको प्रतीक हो । रुद्राक्षको उत्पत्ति शिवको आँशुबाट भएको मानिन्छ । यो मनका शिवको आँशुबाट त्यसबेला बन्यो, जब उनी एक गहिरो ध्यानबाट बाहिर आए । उनको आँखा खुलेको बेला केहि आँशुको थोपा झर्‍यो । त्यही आँशुको थोपाबाट रुद्राक्ष नामक वृक्ष उत्पन्न भयो ।

विज्ञानले के भन्छ ?
वैज्ञानिक तथ्यले भन्छ, रुद्राक्षमा इलेक्ट्रोम्याग्नेटिक गुणको कारण अद्भूत शक्ति हुन्छ । यसको औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट पैदा हुन्छ । इन्टरनेशनल युर्निभर्सिटी फ्लोरिडाका वैज्ञानिक डेविड लीका अनुसार रुद्राक्षको प्रकृति इलेक्ट्रोम्याग्नेटिक वा प्याराम्यागनेटिक हुन्छ, यसको डाइनामिक पोलेरिटी विशेषता अद्भूत छ । यो आवेगले मस्तिष्कमा केहि केमकिल्सलाई प्रोत्साहित गर्छ, यस प्रकार शरीरको चिकित्सकीय उपचार हुन्छ । रुद्राक्षले शरीरमा स्पर्श गर्दा पनि भिन्नै महसुष हुन्छ ।

के रुद्राक्षबाट केहि मानसिक प्रभाव या फाईदा छ ?
रुद्राक्ष बौद्धिक क्षमता र स्मरणशक्ति राम्रो बनाउनमा पनि उपयोगी सावित भएको छ । रुद्राक्ष धारण गर्दा चिन्ता, तनाव हट्छ । र, उत्साह र उर्जामा वृद्धि हुन्छ ।

रुद्राक्ष धारणबाट मुटुलाई हुन्छ यस्ता फाइदा
कीमोफार्माकोलिजिकल विशेषताका कारण रुद्राक्षले हृदयरोग, रक्तचाप एवं कोलोस्टोर नियन्त्रण गर्छ । स्नायु प्रणालीमा पनि यसको प्रभाव राम्रो हुन्छ । मृगौला एवं मधुमेह रोग नियन्त्रणमा समेत रुद्राक्ष उपयोगी सावित भएको छ ।

प्रकाशित : सोमबार, साउन ०२, २०७४१४:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ४ राशी हुने मानिसहरुसँग हुन्छ यस्तो अनौठो क्षमता, थाहा पाईराख्नुस् !