गितकार खड्ग विवश विसिको गिति संग्रह याद–२ को बिमोचन

सुशिला वलि
दाङ २१ असार ।
गितकार खड्ग विवश विसिको एकल रचनामा रहेको गिति संग्रह याद–२ को आज घोराहीमा कार्यक्रम गरि बिमोचन गरिएको छ । राप्ती साहीत्य परिषद दाङको आयोजनामा विसीको एकल रचना याद–२ विमोचन गरिएको हो । परिषदका दाङ शाखा कार्यवहाक अध्यक्ष नगेन्द्र गुरुको अध्यक्षता तथा संस्कृतिविद डा। गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सीडी बिजय अधिकारी र नेत्रबन्धन केसीको संगित रहेको याद–२ मा ५ ओटा गित समेटिएको छ । गितमा गायक प्रमोद खरेल , सिडीविजय अधिकारी, सुधारत्न, रिता केसीको स्वर रहेको विमोचित एल्वम याद–२ को समिक्षा गितकार प्रकास केसीले गर्नुभएको थियो । कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने,साहित्यकार टिकाराम उदासी, प्रवल विष्ट लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण परिषदका सचिव शारदा शर्माले गर्नुभएको थियो ।

 

प्रकाशित : बुधबार, असार २१, २०७४०७:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘नित्यानन्द शर्मा स्मृति ग्रन्थ’ प्रकाशन गरिने