दार्जीलिङ्गको गोर्खाल्याण्ड आनदोलन बारे बोल्नुअघि यी कुरामा नेपालीको ध्यान छ की छैन ?

बज्र बस्नेत, चन्द्रागिरी–१३, काठमाडौं

हिजोआज भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्गमा जारि आन्दोलनलाई लिएर नेपालविरुद्ध विभिन्नखाले नकारात्मक टिका-टिप्पणीहरु भइरहेको विषयले सामाजिक सञ्जालमा व्यापकता पाइरहेको देखिन्छ । यद्धपी यसबारे दुवै पक्षबाट कुनैपनि किसिमका आधिकारीक धारणाहरु भने सार्वजनिक भइसकेका छैनन् । उक्त आन्दोलनमा सहभागी लाखौँ प्रदर्शनकारीको मुख्य माग भनेकै मातृभाषा “नेपाली” तथा छुट्टै “गोर्खाल्याण्ड” राज्यको माग हो । सो माग सरसर्ती हेर्दा उनीहरु नेपालप्रति कडारुपमा प्रस्तुत भई विरोध गर्नु एक आपसमा विरोधाभाषपूर्ण देखिनुका साथै कताकता विरोधको तारतम्य नमिलेको हो कि जस्तो देखिएको छ । किनकीः

  • नेपालबारे नकारात्मक टिकाटिप्पणी गरिरहेका भनिएका नेताहरु वास्तविक गोर्खाल्याण्डको माग राखी आन्दोलनमा उत्रिएका सच्चा दार्जिलिङ्गवासीहरु नै हुन् त ? हालै दार्जिलिङ्गकै केही नेताहरु आर्थिक तथा पदको प्रलोभनमा परी गोर्खाल्याण्डको विरुद्धमा लागि बंगाल सरकारप्रति आत्मसमर्पणसमेत गरेका छन् कतै ती ममता बेनर्जीले दार्जिलिङ्गवासीलाई एक्ल्याउने रणनीति लिएर नेपालविरुद्ध अपवाह पैmलाउन प्रयोग गरिएका समुहका भिजिलान्तेहरु त होइनन् ?
  • दार्जीलिङ्गवासीहरुको भेषभुषा, भाषा एवं रहनसहन धेरै प्रतिशत नेपालीहरुसँग मेल खानुका साथै पूर्वी नेपालका धेरैजसो व्यक्तिहरुको दार्जिलिङ्गवासीहरुसँग बर्षौदेखि “रोटी–तथा बेटी” को गहिरो सम्बन्धसमेत रहि आएको छ । त्यसैले पनि उनिहरुले नेपाल र नेपालीलाई मान, सम्मान एवं निष्ठाका भावले हेर्दै आइरहेको देखिएको कारणले पनि उनीहरु एक्कासी नेपालीहरुसँग रुष्ट हुनुपर्ने कुनै कारण नै छैन ।
  • दार्जिलिङ्गवासीहरुले अन्तरआत्मदेखि नेपालीहरुलाई घृणा गर्नै सक्दैनन् भन्ने तथ्य घाम जस्तो छर्लङ्ग छ । किनकी दार्जिलिङ्गवासी हरुले मातृभाषा “नेपाली” तथा छुट्टै “गोर्खाल्याण्ड” भनि गरेको मागबाटै उनिहरुले नेपाल तथा नेपालीलाई अगाध माया गरिरहेको भन्ने वास्तविकताको स्वतः पृष्टि हुन्छ ।
  • “नेपाल”, “नेपाली” तथा “गोर्खा” यी शब्दहरु नेपाल राष्ट्रको नितान्त एकलौटी सम्पति हुन्। नेपालको इतिहास पल्टाएर हेरे हुन्छ नेपाली भाषा संसारको कुनैपनि मुुलुकमा बोलीय पनि त्यसले नेपाल राष्ट्रको प्रतिनिधित्व गरिरहेको हुन्छ । त्यस्तै गोर्खा भन्ने शब्द नेपाल राज्यबाट उत्पति भएको हो भने वीर गार्खालीहरुको उद्गमस्थल पनि हो । आज पनि विश्वले गोर्खा र गोर्खालीको रुपमा नेपाल राष्ट्र र नेपालीलाई मात्र पहिचान गर्दछ ।
  • नेपालविरुद्ध विष वमन गरिरहेका नेता तथा एकाध गैर नेपालीहरुले हाम्रो आन्तरिक मामलामा बोल्नु पर्ने कुनै कारण नै छैन त्यो हाम्रो विशुद्ध घरायसी मामला हो । यद्धपी उनिहरुले नेपालबारे जे जे बोलेका छन् त्यो विषय भने बनावटी, मनगढन्ते एवं कपोलकल्पित छैनन । ति सबै नेपालको वास्तविक घटनाक्रम हुन् जसलाई हाम्रो अन्तरआत्माले नकार्न सक्दैन । यसको वास्वविक जिम्मेवार हामी र हाम्रो निरीह राज्य संयन्त्र हो भन्दा सायदै अतिशयोक्ति होला ।

त्यसर्थ हामी आम नेपालीले सामाजिक सञ्जालमा जथाभावी आपत्तिजनक शब्दहरु पोष्ट गर्दै “कुकुरले टोक्यो भने कुकुरलाई टोक्न जाने” उखानलाई चरितार्थ गर्ने कार्य नगरी धैर्य भई वास्तविकतामा आधारित रहेर समस्याको सही समाधान खोज्दै जस्तोसृुकै वाधा अड्चनलाई पनि सहजै स्वीकार गर्न सक्ने हाम्रा पुर्खाहरुको शानलाई जीवन्त रार्खौ । जय नेपाल जय वीर गोर्खाली ।

 

प्रकाशित : सोमबार, असार १२, २०७४१८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्थानीय निर्वाचन : समस्या र सम्भावना